जगदम्बा सुपर शाइन र ग्याल्भा प्लसका जस्तापाताको अन्तराष्ट्रिय बजारमा माग बढ्यो

जगदम्बा सुपर शाइन र ग्याल्भा प्लसका जस्तापाताको अन्तराष्ट्रिय बजारमा माग बढ्यो : Icon Khabar

काठमाडौँ, माघ १७ । नेपालको पहिलो स्वचालित स्टील उत्पादन कम्पनी जगदम्बा स्टील्सको उत्पादन जगदम्बा सुपर शाइन र जगदम्बा ग्याल्भा प्लसका जस्तापाताको अन्तराष्ट्रिय बजारमा माग बढेको छ ।

‘नेपालको पहिलो स्वचालित स्टील उत्पादन गर्ने कम्पनी जगदम्बा स्टील्स जगदम्बा सुपर शाइन र जगदम्बा ग्याल्भा प्लस (प्रिमियम एलुमिनियम जिंक कलर कोटेड र प्लेन सिट तथा कोइल्स्) को निरन्तर अन्तर्राष्ट्रिय निर्यातको घोषणा गर्न पाउँदा कम्पनी निकै गौरवान्वित छ,’ कम्पनीले विज्ञप्तिमार्फत भनेको छ, ‘हामी हाम्रा उच्च गुणस्तरका उत्पादन र सेवाहरूमा ग्राहकहरूको विश्वासप्रति कृतज्ञ छौं ।’

रिइन्फोर्समेन्ट टीएमटी रिबारदेखि स्ट्रक्चरल र तार उत्पादनसम्मका स्टील उत्पादनमा २ दशकभन्दा बढी उपलब्धिहरूसहित जगदम्बा स्टील्सले स्टीललाई विश्वव्यापी मञ्चमा प्रस्तुत गर्ने परिकल्पना गरेको छ ।

‘जगदम्बा सुपर शाइन र जगदम्बा ग्याल्भा प्लस, प्रिमियम एलुमिनियम जिंक कलर कोटेड र प्लेन सिट तथा कोइल्स्हरू जसलाई ग्याल्भाल्युम पनि भनिन्छ, यो ५५ प्रतिशत एलुमिनियम, ४३.५ प्रतिशत जिंक र १.५ प्रतिशत सिलिकन मिश्रित कोटिङ समावेश भएको जस्तापाता हो । यी तत्वले जस्तापाताको सुरक्षासँगै उत्पादनको आयु र स्थायित्व बढाउँछ,’ विज्ञप्तिमा उल्लेख छ।

‘नेपाल गुणस्तर तथा नापतौल विभागबाट एनएसः १९१ ले हाम्रो उत्पादन आईएसओ ९००१ः२०१५ (गुणस्तर व्यवस्थापन प्रणाली) र आईएसओ १४००१ः२०१५ (वातावरण व्यवस्थापन प्रणाली) लाई मान्यता दिँदै जगदम्बा स्टील्सले स्टील उत्पादनहरूका लागि सधैं गुणस्तरीय मापदण्ड सेट गर्छ । जगदम्बा स्टील्सले कर्मचारी, समुदाय र उत्पादनको सुरक्षामा सुधार गर्ने दीगो उत्पादनलाई ध्यानमा राख्दै सधैं स्टील उत्पादनका लागि गुणस्तरीय बेन्चमार्क मानक सेट गर्छ ।’

आफ्ना उत्पादनको उत्कृष्ट गुणस्तरमार्फत उपभोक्तालाई सन्तुष्टि प्रदान गर्नु प्रमुख प्रतिबद्धता र प्राथमिकता रहेको कम्पनीले जनाएको छ । ‘हाम्रा प्रत्येक उत्पादनको गुणस्तर सुनिश्चित गर्न उच्च प्रविधि, उत्कृष्ट इन–क्लास निर्माण प्लान्टहरूमा निर्मित हुन्छन् ।

यस शुभ अवसरमा, हामी हाम्रा उत्पादनहरू र ब्रान्डहरूप्रति ग्राहक वर्गले दिएको अटुट माया र समर्थनप्रति हार्दिक कृतज्ञता व्यक्त गर्न चाहन्छौं,’ ग्राहकप्रति कृतज्ञता व्यक्त गर्दै कम्पनीले भनेको छ, ‘ग्राहकहरूको माया र समर्थनले हामीलाई तेस्रो देशमा निर्यात शुरू गर्ने नेपालको पहिलो कम्पनीको रूपमा स्थापित गरेको छ र हामी त्यसलाई निरन्तरता दिनेछौं ।

हाम्रो कम्पनी उत्पादनहरूको उत्कृष्ट गुणस्तरमा प्रतिबद्ध छ र यो बेन्चमार्कले हामीलाई भविष्यमा पनि हाम्रा उपभोक्ताहरूलाई उत्कृष्ट उत्पादनहरू प्रदान गर्न प्रोत्साहन गरेको छ ।’

Published Date: 31 January 2023






ताजा
बिस्का जात्रालाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न भक्तपुरमा स्वीप अपरेसन चलाएर ९० जना बढी पक्राउ
दुई दिनको बिदामा अनावश्यक घुमफिर नगर्न आग्रह
अब सार्वजनिक बिदाको दिनमा पनि हुलाकमार्फत कुरियर सेवा पाइने
बालप्रतिभाको रंगीन झल्को: मर्निङ्ग ग्लोरीको ७औँ वार्षिकोत्सव तथा दीक्षान्त समारोह भव्य रूपमा सम्पन्न


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता