पेसावर मस्जिदमा भएको हिंसात्मक हमलाको निन्दा

पेसावर मस्जिदमा भएको हिंसात्मक हमलाको निन्दा : Icon Khabar

एजेन्सी, माघ १७ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले पाकिस्तानको पेशावरमा सोमबार भएको हिंसाको घटनाको निन्दा गरेका छन् । पेसवासरको पुलिस लाइन्स क्षेत्रको मस्जिदमा सोमबार भएको आत्मघाती विस्फोटमा परी ४४ जनाको ज्यान गएको घटनाको उनले निन्दा गरेका हुन् ।

संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटरेसका प्रमुख प्रवक्ता स्टेफन डुजारिकले सो घटनाको निन्दा गर्दै नागरिकको शान्तिपूर्ण रुपमा आफ्ना धार्मिक आस्था भएका स्थानमा उपस्थित हुन र पूजा गर्न पाउने अधिकारको सम्मान गर्नुपर्ने बताए ।

विश्वका नागरिकले आफ्नो आस्था रहेका स्थानमा जम्मा हुन पाउने र धार्मिक कार्य गर्न पाउने विश्वव्यापी मानव अधिकारको विषय हो भन्दै यस्ता कार्यको सम्मान गर्न उनले आग्रह गरे । सोमबार सो मस्जिदमा विस्फोट गराई धेरै नागरिकको ज्यान लिनेगरी हिंसात्मक कार्य भएको छ । पेसावरको पुलिस लाइन्स इलाकामा रहेको मस्जिदमा दिउँसोको नमाजको समयमा विस्फोट भएको हो ।

स्थानीय सञ्चार माध्यमका अनुसार आत्मघाती आक्रमणकारी प्रार्थनाको क्रममा लाइनमा बसेका व्यक्तिहरुलाई लक्ष गरिएको थियो । सुरक्षा अधिकारीहरुका अनुसार विस्फोट हुँदा मस्जिदमा कम्तिमा १२० जना मानिस रहेका छन् । घाइते हुनेमा धेरै प्रहरी रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 31 January 2023
Website | + posts
ताजा
एनपीएल फाइनल : रोहित, शेर र ट्रम्पलम्यानको ३-३ विकेट, सुदूरपश्चिम ८५ रनमा अलआउट
भक्तपुरको त्रिशुलडाँडाबाट देखिएको मनमोहक हिमशृङ्खला ( फोटो फिचर )
काठमाडौं उपत्यकामा चिसो क्रमिक रूपमा बढ्दै
त्रिभुवन विश्वविद्यालयको ५१ औं दीक्षान्त समारोह आगामी पुस १० गते दशरथ रंगशालामा हुने


ट्रेन्डिङ
सुकुलढोकाको ऐतिहासिक इनारमा कार ठोक्किँदा इनार भत्कियो, मापसे गरेका चालक गम्भीर घाइते
जाकिबंजार परिवार भक्तपुरद्वारा आयोजित ईहिँ जगे कार्यक्रम सम्पन्न
भक्तपुरमा योमारी पुन्हीको अवसरमा योमारी प्रतियोगिता तथा प्रदर्शनी सम्पन्न
भक्तपुरमा मिस्टर एण्ड मिस मोडर्न २०८२ भव्यताका साथ सम्पन्न