कार्टुनिष्ट क्लब नेपालकाे अध्यक्षमा बासु क्षितिज निर्वाचित

कार्टुनिष्ट क्लब नेपालकाे अध्यक्षमा बासु क्षितिज निर्वाचित : Icon Khabar

काठमाडौं, जेठ २० । नेपाल पत्रकार महासंघको एसाेसिएट संस्था कार्टुनिष्ट क्लब नेपालकाे अध्यक्षमा बासु क्षितिज निर्वाचित भएका छन् । आइतबार काठमाडौं क्लबकाे अधिवेशनले बासु क्षितितलाई दाेस्राे पटक सर्वसम्मत रुपमा अध्यक्ष पदमा निर्वाचित गरेको हाे ।

क्लबले सबै पदमा सर्वसम्मत रुपमा नेतृत्व चयन गरेको छ । क्लबकाे उपाध्यक्षमा रवी मिश्र चयन भएका छन् । यसअघि उनी महासचिव थिए ।

यसैगरी महासचिवमा रवीन्द्र मानन्धर, सचिवमा भानु भट्टराई र काेषाध्यक्षमा सुजिता महर्जन निर्वाचित हुँदा सदस्यहरुमा दिनेश प्रधान, सानुराज डंगोल, पल्पसा मानन्धर, उमेशचन्द्र अधिकारी निर्वाचित भएका छन् ।

बाँकी २ जना सदस्य भने पछि मनाेनित हुने क्लबले जनाएको छ । क्लबले नेपाल पत्रकार महासंघको केन्द्रीय परिषद सदस्यमा अविन श्रेष्ठ र प्रदेश परिषद सदस्यमा केशवराज खनाल, सागर शाह र राजेश केसीलाई निर्वाचित गरेको छ ।

साथै उक्त कार्यक्रममा पूर्व अध्यक्ष अविन श्रेष्ठलाई सम्मान पनि गरेको थियो ।

Published Date: 02 June 2024
ताजा
विपना थापा फेरि आमाको भूमिकामा, नाजिर हुसेनको आमा बन्दै
विदेश अध्ययनका लागि विद्यार्थीको पहिलो रोजाइ बन्दै आर्गस एजुकेशन भक्तपुर
भोलि हुने ‘कोरा जात्रा भक्तपुर २०२६’ का लागि जर्सी वितरण सुरु, ५०० भन्दा बढी सहभागी दर्ता
फिफा विश्वकप २०२६ को फाइनल समीकरण पूरा: उपाधिका लागि स्पेन र साविक विजेता अर्जेन्टिना भिड्ने


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय