कार्टुनिष्ट क्लब नेपालकाे अध्यक्षमा बासु क्षितिज निर्वाचित

कार्टुनिष्ट क्लब नेपालकाे अध्यक्षमा बासु क्षितिज निर्वाचित : Icon Khabar

काठमाडौं, जेठ २० । नेपाल पत्रकार महासंघको एसाेसिएट संस्था कार्टुनिष्ट क्लब नेपालकाे अध्यक्षमा बासु क्षितिज निर्वाचित भएका छन् । आइतबार काठमाडौं क्लबकाे अधिवेशनले बासु क्षितितलाई दाेस्राे पटक सर्वसम्मत रुपमा अध्यक्ष पदमा निर्वाचित गरेको हाे ।

क्लबले सबै पदमा सर्वसम्मत रुपमा नेतृत्व चयन गरेको छ । क्लबकाे उपाध्यक्षमा रवी मिश्र चयन भएका छन् । यसअघि उनी महासचिव थिए ।

यसैगरी महासचिवमा रवीन्द्र मानन्धर, सचिवमा भानु भट्टराई र काेषाध्यक्षमा सुजिता महर्जन निर्वाचित हुँदा सदस्यहरुमा दिनेश प्रधान, सानुराज डंगोल, पल्पसा मानन्धर, उमेशचन्द्र अधिकारी निर्वाचित भएका छन् ।

बाँकी २ जना सदस्य भने पछि मनाेनित हुने क्लबले जनाएको छ । क्लबले नेपाल पत्रकार महासंघको केन्द्रीय परिषद सदस्यमा अविन श्रेष्ठ र प्रदेश परिषद सदस्यमा केशवराज खनाल, सागर शाह र राजेश केसीलाई निर्वाचित गरेको छ ।

साथै उक्त कार्यक्रममा पूर्व अध्यक्ष अविन श्रेष्ठलाई सम्मान पनि गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 02 June 2024
Website | + posts




ताजा
सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी
अबिरल वर्षाका कारण नेपालका मुख्य सडक र पुलमा मात्रै ७ अर्ब ९१ करोड रुपैयाँ बराबरको क्षति
बिहीबार नेप्से परिसूचक २२.५९ अंकले बढ्यो
माइतीघरमा प्रदर्शन गर्न खोजेको आरोपमा पक्राउ पर्नेको संख्या १४ पुग्यो


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?