धादिङ्गको नीलकण्ठ माविमा १० लाखको अक्षयकोष स्थापना हुने

धादिङ्गको नीलकण्ठ माविमा १० लाखको अक्षयकोष स्थापना हुने : Icon Khabar

धादिङ्ग, जेठ २० । धादिङ्गको धादिङ्गबेशीमा अवस्थित नीलकण्ठ माध्यमिक विद्यालय पूर्व विद्यार्थी समाजले १० लाख रुपयाँको अक्षय कोष सहित अभिभावक प्रतिक्षालय निर्माण गर्ने भएको छ ।

नीलकण्ठ बालमन्दिर माध्यमिक विद्यालयको स्वर्ण महोत्सवको अवसरमा बोल्दै विद्यालयको पूर्व विद्यार्थी समाजका अध्यक्ष डाक्टर सूर्यप्रसाद अधिकारीले समाजको कार्यसमितिको वैठकले निर्णय गरे बमोजिम अक्षय कोष सहित अभिभावक प्रतिक्षालय निर्माण गर्ने घोषणा गरेका हुन् ।

समाजले विद्यालयमा अध्यन गर्ने कोहि विद्यार्थी रकमको अभावमा गुणस्तरीय शिक्षा लिनबाट बन्चीत नहुन भन्दै आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई अध्यन गर्न सहयोग गर्ने उद्धेश्यले अक्षय कोषको स्थापना गरिएको अध्यक्ष अधिकारीले बताए।

त्यस्तै समाजले विद्यालय हाता भित्र आएका अभिभावकहरुलाई बस्न सहजहोस भनि सुविधा सम्पन्न अभिभावक प्रतिक्षालय निर्माण गर्ने समेत घोषणा गरेको छ । विद्यालयमा विद्यार्थीको शैक्षिक अवस्था बुझ्न देखि विबिध काम लिएर आउने अभिभावकलाई बस्न सहज होस भनि प्रतिक्षालय निर्माण गर्न लागीएको बताईएको छ ।

१० लाखबाट सुरु गरिने अक्षय कोषलाई बढाउदै लैजाने समाजले योजना बनाएको छ । सेवामूलक भावनाले पूर्व विधार्थीहरूको नामबाट विद्यालयमा शैक्षिक उन्नयनमा सहयोग गर्ने उद्धेश्यले २०७७ सालमा स्थापना भएको नीलकण्ठ माध्यमिक विद्यालय पूर्व विद्यार्थी समाजले यो समाज विना राजनैतिक र विना नाफामुखि भएको भन्दै विद्यालयका पुर्व विद्यार्थीहरुलाई कोष निर्माण देखि प्रतिक्षालय निर्माणमा स्वईच्छाले सहयोग गर्न समेत आवहान गरेको समाजका उपाध्यक्ष पोषनाथ अधिकारीले जानकारी दिए।

Published Date: 02 June 2024






ताजा
बिस्का जात्रालाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न भक्तपुरमा स्वीप अपरेसन चलाएर ९० जना बढी पक्राउ
दुई दिनको बिदामा अनावश्यक घुमफिर नगर्न आग्रह
अब सार्वजनिक बिदाको दिनमा पनि हुलाकमार्फत कुरियर सेवा पाइने
बालप्रतिभाको रंगीन झल्को: मर्निङ्ग ग्लोरीको ७औँ वार्षिकोत्सव तथा दीक्षान्त समारोह भव्य रूपमा सम्पन्न


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता