आज सोमबारको राशिफल

आज सोमबारको राशिफल : Icon Khabar

काठमाडौं, जेठ २१ । आज २०८१ जेठ २१ गते सोमबार, तद्अनुसार ३ जुन २०२४ । वैष्णवहरूको अपरा एकादशी व्रत/जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस, सूर्योदय बिहानः ०५ः०७ बजे, सूर्यास्त साँझ १८ः५६ बजे ।

आजको राशिफल

मेष: आज रोकिएको धन पाइने छ । मनको चञ्चलतामा नियन्त्रण राख्नु होला । जीवनसाथीप्रति आपसी आभारी रहनु हुनेछ । लगानी लाभप्रद रहने छ ।

वृष: स्थायी सम्पत्तिको कारोबारबाट ठूलो लाभ हुनसक्छ । प्रसन्नता रहने छ । आम्दानीमा वृद्धि हुनेछ ।

मिथुन: पार्टी अथवा पिकनिकको योजना बन्ने छ । साथीहरुसंग समय राम्ररी व्यतित हुनेछ । बौद्धिक कार्य सफल रहने छ ।

कर्कट: कार्यमा रुकावट आउने छ । बिना कारण मानिसहरुसंग भनाभन हुनसक्छ । जोखिमपूर्ण कार्य नगर्नु होला ।

सिंह: प्रयास सफल रहने छ । कुनै ठूलो कार्यको समस्याहरु समाधान हुनेछ । सामाजिक प्रतिष्ठा बढ्ने छ ।

कन्या: टाढाबाट शुभ समाचार प्राप्त हुनेछ । आत्म विश्वासमा वृद्धि हुनेछ । लाभको अवसर हात पर्नेछ ।

तुला: उत्तेजनामा नियन्त्रण राख्नु होला । जीवनसाथीबाट सहयोग प्राप्त हुनेछ । अप्रत्याशित लाभको योग छ ।

वृश्चिक: अप्रत्याशित खर्च बढ्ने छ । व्यवसायमा कमी हुनेछ । अपेक्षित कार्यमा वाधा आउने छ ।

धनु: अज्ञात भय तथा चिन्ताले सताउने छ । यात्रा सफल रहने छ । व्यावसायिक यात्रा मनोनुकूल रहने छ । धनार्जन हुनेछ ।

मकर: नयाँ योजना बन्ने छ । कार्य प्रणालीमा सुधार हुनेछ । सामजिक कार्य गर्ने इच्छा जागृत हुनेछ । प्रतिष्ठामा वृद्धि हुनेछ ।

कुम्भ: रोकिएको धन पाइने छ । पूजा–पाठ अथवा सत्सङमा मन लाग्ने छ । लाभको अवसर हात पर्नेछ ।

मीन: क्रोध अथवा उत्तेजनामा नियन्त्रण राख्नु होला । स्वास्थ्यमा खर्च हुनेछ । सानो गल्तिले समस्या बढाउन सक्छ ।

Published Date: 03 June 2024
ताजा
काठमाडौं महानगरपालिकाका लेखा अधिकृत उद्धव भट्टराई २१ हजार रुपैयाँ घुससहित पक्राउ
शुक्रबार नेप्से परिसूचक ७.९० अंकले बढ्यो
सांसदहरूलाई स्वकीय सचिव राख्न दिने सरकारको निर्णयविरूद्ध सर्वोच्चमा रिट दायर
बाल मन्दिर ठगी प्रकरणमा आठ जनाविरुद्ध मुद्दा दायर


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय