नयाँ दिल्लीको तापक्रम ५२.३ डिग्री पुग्यो

नयाँ दिल्लीको तापक्रम ५२.३ डिग्री पुग्यो : Icon Khabar

काठमाडौँ, जेठ १६ । भारतको नयाँ दिल्लीस्थित मौसम विभागले अहिलेसम्मकै सबभन्दा उच्च तापक्रम मापन गरेको छ।

भारतीय समाचार संस्था एनडिटिभीका अनुसार दिल्लीको मुन्गेशपुरमा बुधबार दिउँसो साढे २ बजेको तापक्रम ५२.३ डिग्री सेल्सियस पुगेको हो।

यसरी तापक्रम बढेसँगै बिजुलीको माग पनि बढेको छ। बुधबारमात्रै बिजुलीको माग ८ हजार ३०२ मेगावाट पुगेको हो।

भारतका अन्य ठाउँमा पनि उच्च तापक्रम मापन भएका छन्। राजस्थानको फलोडीमा ५१ डिग्री मापन भएको थियो। हरियानाको सिर्सामा पनि ५०.३ डिग्री सेल्सियस मापत भएको हो।

पन्जाब, हरियाना, चण्डीगढ, दिल्ली, उत्तरप्रदेश, राजस्थान लगायत ठाउँमा तातो हावा चल्ने पनि विभागले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 29 May 2024
Website | + posts
ताजा
जनप्रेमी वर्ल्ड स्कुलमा ‘फ्रेसर्स सोसल तथा जे डब्लुएस आइकन–२०८२’ भव्य रूपमा सम्पन्न
बजारमा सुन र चाँदीको मूल्यमा निरन्तर उतारचढाव
त्रिविको दिक्षान्त समारोहमा जापानी प्राद्यापक ताकाआकी काजिता प्रमुख अतिथि हुने
आज विश्व ध्यान दिवस मनाइँदै, टुँडिखेलमा विशेष कार्यक्रम


ट्रेन्डिङ
सुकुलढोकाको ऐतिहासिक इनारमा कार ठोक्किँदा इनार भत्कियो, मापसे गरेका चालक गम्भीर घाइते
जाकिबंजार परिवार भक्तपुरद्वारा आयोजित ईहिँ जगे कार्यक्रम सम्पन्न
भक्तपुरमा मिस्टर एण्ड मिस मोडर्न २०८२ भव्यताका साथ सम्पन्न
भक्तपुरमा योमारी पुन्हीको अवसरमा योमारी प्रतियोगिता तथा प्रदर्शनी सम्पन्न