नयाँ दिल्लीको तापक्रम ५२.३ डिग्री पुग्यो

नयाँ दिल्लीको तापक्रम ५२.३ डिग्री पुग्यो : Icon Khabar

काठमाडौँ, जेठ १६ । भारतको नयाँ दिल्लीस्थित मौसम विभागले अहिलेसम्मकै सबभन्दा उच्च तापक्रम मापन गरेको छ।

भारतीय समाचार संस्था एनडिटिभीका अनुसार दिल्लीको मुन्गेशपुरमा बुधबार दिउँसो साढे २ बजेको तापक्रम ५२.३ डिग्री सेल्सियस पुगेको हो।

यसरी तापक्रम बढेसँगै बिजुलीको माग पनि बढेको छ। बुधबारमात्रै बिजुलीको माग ८ हजार ३०२ मेगावाट पुगेको हो।

भारतका अन्य ठाउँमा पनि उच्च तापक्रम मापन भएका छन्। राजस्थानको फलोडीमा ५१ डिग्री मापन भएको थियो। हरियानाको सिर्सामा पनि ५०.३ डिग्री सेल्सियस मापत भएको हो।

पन्जाब, हरियाना, चण्डीगढ, दिल्ली, उत्तरप्रदेश, राजस्थान लगायत ठाउँमा तातो हावा चल्ने पनि विभागले जनाएको छ।

Published Date: 29 May 2024


ताजा
लिवाली मेन चोकमा भजनकीर्तन तथा ज्येष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
प्रयासना गुरुङ बनिन् ‘मिस युनिभर्स नेपाल २०२६’, बिनिता ओलीलाई ‘मिस अर्थ नेपाल’को ताज
सोमवारका लागि विभिन्न विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग