चाँगुनारायण नपाका प्रमुख र बीसीसीआई टोलीबीच भेट

चाँगुनारायण नपाका प्रमुख र बीसीसीआई टोलीबीच भेट : Icon Khabar

भक्तपुर, जेठ १६ । चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्री र भक्तपुर उद्योग वाणिज्य संघ (बीसीसीआई) का टोलीबीच बुधबार भेटघाट भएको छ ।

नगर प्रमुख खत्री र बीसीसीआईकी अध्यक्ष रोशनीमैयाँ धौबन्जा नेतृत्वको पदाधिकारी एवं कार्यसमिति सदस्यहरु सम्मिलित टोलीबीच नगरपालिका कार्यालयमा भेट भएको हो । बीसीसीआई टोलीलाई स्वागत गर्दै प्रमुख खत्रीले देशको अर्थतन्त्रमा निजी क्षेत्रको योगदान महत्वपूर्ण रहेको भन्दै नगरपालिका निजी क्षेत्रसँग सहकार्य गरी कार्य गर्न सदैव तयार रहेको बताए ।

भक्तपुर उद्योग वाणिज्य संघ जिल्लाकै उद्योगी, व्यवसायीहरुको छाता संगठन भएको कारण नगरपालिकाको आर्थिक, सामाजिक एवं सांस्कृतिक विकासमा महत्वपूर्ण सहयोग रहने विश्वास व्यक्त गरे ।

भेटको क्रममा बीसीसीआईका पदाधिकारी एवं कार्यसमिति सदस्यहरुले नगरपालिकाको व्यवसायिक कृषिको विकास तथा प्रवद्र्धन, निर्यातमुखी हस्तकलाको विकास तथा प्रवद्र्धन एवं दिगो पर्यटन विकासका लागि नगरपालिकाको आगामी आर्थिक वर्षको बजेटमा समावेश हुनुपर्ने विषयमा सल्लाह र सुझावहरु दिएका थिए ।

अध्यक्ष धौबन्जाले नगरपालिकाको कृषि, हस्तकला र पर्यटन क्षेत्रमा विकासका लागि आगामी दिनमा नगरपालिका र संघबीच सहकार्य गरी गर्न सकिने कार्यक्रमहरुको प्रस्तावना प्रमुख खत्रीलाई पेश गरेकी थिइन् ।

प्रस्तावना बुझ्दै प्रमुख खत्रीले संघले पेश गरेको प्रस्तावसहित कार्यक्रम सञ्चालनको लागि सहयोग गर्ने बताए । सो अवसरमा प्रमुख खत्रीले अध्यक्ष धौबन्जालाई मायाको चिनो प्रदान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 29 May 2024
Website | + posts










ताजा
भक्तपुरमा सम्भावित विपद्को क्षेत्रहरूको पहिचान गरी तयारी अवस्थामा रहन निर्देशन
‘आयोडिनयुक्त नुन (उत्पादन तथा विक्री वितरण) ऐन २०५५’ कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
बिहीबार नेप्से परिसूचक ३.७६ अंकले बढ्यो
सरकारले टेलिग्राम बन्द गरे पनि काठमाडौंस्थित रूसी दूतावासले भने गर्यो प्रयोग










ट्रेन्डिङ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
ख्वप माध्यमिक विद्यालयलमा कक्षा ११ को प्रवेश परीक्षा भोलि
रोपाई जात्रा अझ रमाइलो: आरम्भ वाद्यशालाका युवा वाद्यवादकद्वारा नेवा बाँसुरी धूनको प्रस्तुति
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट