अब श्रीदेवीको घरमा निर्धातिर भाडा तिरेर जो–कोहि पनि बस्न सक्ने

अब श्रीदेवीको घरमा निर्धातिर भाडा तिरेर जो–कोहि पनि बस्न सक्ने : Icon Khabar

मुम्बई, वैशाख २४ । बलिउड अभिनेत्री श्रीदेवीले यो संसारबाट विदा लिएको पाँच वर्षभन्दा बढी भैसकेको छ । श्रीदेवीको निधन भएको यतिका वर्षपछि पनि फ्यानले उनलाई सम्झिरहन्छन् ।

तिनै फ्यानहरुले अब श्रीदेवीको घरमा बस्न पाउने मौका प्राप्त भएको छ । श्रीदेवीले वर्षौँ पहिला चेन्नईमा एउटा घर किनेकी थिइन् । त्यो उनको पहिलो घर थियो, जुन उनले बोनी कपूरसंग विवाह गरेपछि किनेकी थिइन् ।

श्रीदेवीकी छोरी जान्हवी कपूरको बाल्यकाल पनि यहि घरमा बितेको थियो । यो घरमा श्रीदेवीसंग सम्बन्धित विभिन्न सम्झनाहरु गाँसिएको छ । यहि घरमा बस्ने फाइदा फ्यानहरुले उठाउन सक्ने भएका छन् । वास्तवमा श्रीदेवीको उक्त घरलाई बीएनबीद्वारा ११ प्रख्यात प्रोपर्टीको सूचिमा समावेश गरिएको छ ।

श्रीदेवीको उक्त घरमा निर्धातिर भाडा तिरेर जो–कोहि पनि बस्न सक्ने भएका छन् । उक्त घरको ढोका सेलेक्टेड बीएनबी यूजर्सका लागि खोलिने भएको छ । उक्त घरमा वन नाइट स्टे गर्दा जान्हवीसंग कुराकानी गर्ने मौका पनि प्राप्त हुने बताइएको छ ।

लीकेज र हेरचाहको समस्याका कारण श्रीदवीले उक्त घर छाडिदिएकी थिइन् । यद्यपि श्रीदेवीको निधनपछि बोनी कपूरले यसको मर्मत गरेका थिए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 06 May 2024
Website | + posts




ताजा
नगरकोटका गैरी खेत सुनौलो रङमा, पाकेका धान र फुलिएका तोरीले सजिएको गाउँ (फोटो फिचर )
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरको सुवर्णेश्वरबाट देखिएको तिहारको उज्यालोमा झकिझकायो काठमाडौं उपत्यका
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने