अब श्रीदेवीको घरमा निर्धातिर भाडा तिरेर जो–कोहि पनि बस्न सक्ने

अब श्रीदेवीको घरमा निर्धातिर भाडा तिरेर जो–कोहि पनि बस्न सक्ने : Icon Khabar

मुम्बई, वैशाख २४ । बलिउड अभिनेत्री श्रीदेवीले यो संसारबाट विदा लिएको पाँच वर्षभन्दा बढी भैसकेको छ । श्रीदेवीको निधन भएको यतिका वर्षपछि पनि फ्यानले उनलाई सम्झिरहन्छन् ।

तिनै फ्यानहरुले अब श्रीदेवीको घरमा बस्न पाउने मौका प्राप्त भएको छ । श्रीदेवीले वर्षौँ पहिला चेन्नईमा एउटा घर किनेकी थिइन् । त्यो उनको पहिलो घर थियो, जुन उनले बोनी कपूरसंग विवाह गरेपछि किनेकी थिइन् ।

श्रीदेवीकी छोरी जान्हवी कपूरको बाल्यकाल पनि यहि घरमा बितेको थियो । यो घरमा श्रीदेवीसंग सम्बन्धित विभिन्न सम्झनाहरु गाँसिएको छ । यहि घरमा बस्ने फाइदा फ्यानहरुले उठाउन सक्ने भएका छन् । वास्तवमा श्रीदेवीको उक्त घरलाई बीएनबीद्वारा ११ प्रख्यात प्रोपर्टीको सूचिमा समावेश गरिएको छ ।

श्रीदेवीको उक्त घरमा निर्धातिर भाडा तिरेर जो–कोहि पनि बस्न सक्ने भएका छन् । उक्त घरको ढोका सेलेक्टेड बीएनबी यूजर्सका लागि खोलिने भएको छ । उक्त घरमा वन नाइट स्टे गर्दा जान्हवीसंग कुराकानी गर्ने मौका पनि प्राप्त हुने बताइएको छ ।

लीकेज र हेरचाहको समस्याका कारण श्रीदवीले उक्त घर छाडिदिएकी थिइन् । यद्यपि श्रीदेवीको निधनपछि बोनी कपूरले यसको मर्मत गरेका थिए

Published Date: 06 May 2024


ताजा
संगीत रोयल्टी विवादमा रेडियोलाई सर्वोच्चको राहत, एफएम सञ्चालक र रेडियोकर्मीमाथि धरपकडमा रोक
अभिनेता प्रदीप रावतको निधनले नेपाली फिल्म उद्योग पनि शोकमा
बुधबार नेप्से परिसूचक ४.७९ अंकले बढ्यो
नेपालजस्तो देशमा हप्ताको दुई दिन बिदा कति व्यवहारिक ?


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु