कार्टुनिस्ट क्लब नेपालले मनायो विश्व कार्टुनिस्ट दिवस २०८१

कार्टुनिस्ट क्लब नेपालले मनायो विश्व कार्टुनिस्ट दिवस २०८१ : Icon Khabar

काठमाडौँ, वैशाख २३ । कार्टुनिस्ट क्लब नेपालले नक्सालस्थित नेपाल ललितकला प्रज्ञा प्रतिष्थानमा विश्व कार्टुनिस्ट दिवस २०८१ मनाएको छ।

कार्यक्रममा प्रमुख अतिथि पूर्व मन्त्री एवं पुराना कार्टुनिस्ट रमेशनाथ पाण्डेले छोटो समयमै नै पढ्न, बुझ्न र हास्ने सकिने कार्टुन विधा पहिला पहिला तयार गर्न गाह्रो भए पनि आज भोलि समय र परिस्थिति जटिल भएको बताए । उनले पत्रकारितामा कार्टुनको विशेष स्थान हुने भएकोले कार्टुनिस्टहरुको पनि विशेष दायित्व र महत्व हुने बताए र सम्पूर्ण नयाँ तथा पुराना कार्टुनिष्टहरुलाई कार्टुनिस्ट दिवसको शुभकामना दिए।

नेपाली कार्टुनहरु विदेशीहरुले नबुझ्ने आफ्नो अनुभव सुनाउनु हुँदै अग्रज कार्टुनिस्ट रामकुमार पाण्डेले कार्टुनहरुको अनुसंन्धान हुनुपर्ने, बुलुटिन प्रकाशित गरी पुराना कृत्तिहरु संग्रह गर्नुपर्ने तथा अग्रज कार्टुनिष्टहरुको अनुभव आदानप्रदान गर्नु पर्ने सुझाव दिए।

उक्त कार्यक्रममा कार्टुनिष्ट दिवसकै छेको पारेर क्लबका निवर्तमान अध्यक्ष अविन श्रेष्ठले आफ्ना आमाबुबाको नाममा स्थापना गरेको शारदा–गोविन्दमान ब्यङ्गयचित्र प्रतिभा पुरस्कार २०८१ हिमालयन टाइमसका महेश वास्ताकोटीलाई नगद पुरस्कार दश हजार सहित पुरस्कृत गरिएको थियो ।

पुरस्कारबारे बोल्दै अविन श्रेष्ठले तीन दशक भन्दा बढी कार्टुन बनाइ सकेपछि आफ्नो मात्रै प्रगति भन्दा पनि नयाँ प्रतिभालाई हौसला प्रदान गर्न एउटा कार्टुनिस्टले अर्को कार्टुनिस्टलाई कार्टुनकै बारेमा पुरस्कार दिन उचित हुने भएकाले नयाँ पुरस्कार प्रदान गरेको बताए । पुराना कार्टुनिस्टलाई भन्दा नयाँ कार्टुनिस्टलाई पुरस्कार प्रदान गर्दा आर्थिक मन्दी, प्रिन्ट मिडियाहरुको ह्रासले गर्दा नयाँ प्रतिभाहरु पलायन हुन थालेकाले नयाँ नयाँ कार्टुनिस्टलाई प्रदान गरेको प्रष्ट पारे।

उक्त कार्यक्रममा क्लबका अध्यक्ष बासु क्षितिजले पुरस्कारको छनौट प्रक्रियाबारे प्रष्ट पर्दै अग्रजहरुलाई धन्यवाद सहित सम्पूर्णमा कार्टुसनस्ट दिवसको शुभकामना दिए । कार्यक्रममा कार्टुनिस्ट राजेश केसीले नेपाली कार्टुनको इतिहासमा अविन श्रेष्ठको योग्दान अतुलनिय रहेको र यो पुरस्कार स्थापनाले उनको योगदान अझै बढेको छ ।

उक्त कार्यक्रममा ललितकलाका कुलपति नारदमणी हार्तम्छालीले पनि पुरस्कृत तथा सम्पूर्ण कार्टुनिस्टहरुलाई शुभकामना दिए तथा भविष्यमा कार्टुनिस्ट दिवस मनाउने बारे क्लबसंग छलफल गरेर अगाडी बढ्ने बताए । कार्यक्रममा रवि मिश्रले पनि शुभकामना दिएको थियो र पुरस्कृत महेश वास्ताकोटीले आफ्नो अनुभव र पुरस्कार बारे खुशी व्यक्त गरे।

Published Date: 05 May 2024








ताजा
काठमाडौँका सडक र पैदलमार्गमा ज्याकारान्डाको प्याजी सौन्दर्य
नदी किनारका जोखिमयुक्त बस्तीबाट छुटेका नागरिकलाई सम्पर्कमा आउन अनुरोध
भारतको नयाँ दिल्लीस्थित शाहदरामा भीषण आगलागी हुँदा ९ जनाको मृत्यु
भक्तपुरमा साप्ताहिक हाट बजार सञ्चालन सुरु, स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्ने लक्ष्य










ट्रेन्डिङ
टौमढि परिसरमा पटाका पड्काउने व्यक्तिको खोजीमा भक्तपुर प्रहरी, फोटो–भिडियो उपलब्ध गराउन आग्रह,
रथ तान्दा अराजकता: बिस्का: जात्रामा सम्पदा र जनसुरक्षा जोखिममा
भक्तपुरमा ठूलो परिमाणमा लागूऔषध बरामद, चार जना पक्राउ
समयसँग जुध्दै, सपनालाई आकार दिँदै: मनोरम बोर्डिङ्ग स्कुलको प्रेरणादायी यात्रा