भक्तपुरमा ९ दिने अचार बनाउने तालिम सुरू

भक्तपुरमा ९ दिने अचार बनाउने तालिम सुरू : Icon Khabar

भक्तपुर, वैशाख २३ । उद्योग तथा वाणिज्य कार्यालयको आव २०८०/८१ को वार्षिक कार्यक्रम अन्तर्गत भक्तपुर घरेलु तथा साना उद्योग संघ, महिला उद्यमी समितिको संयोजनमा आइतबारबाट ९ दिने अचार बनाउने तालिम सुरू भएको छ।

सो अवसरमा भक्तपुर घरेलु तथा साना उद्योग संघका अध्यक्ष प्रेम खर्बुजाले बागमति प्रदेश सरकारले कोही पनि जनता सिप विहिन भई बेरोजगार नहोस भने उद्देश्यले विभिन्न तालिमहरु दिई रहेको जानकारी गराउँदै तालिम मात्र तालिमको लागि नभई उद्यमी बने हेतुले तालिम लिन हुन अनुरोध गरे।

उनले तालिम लिई नेपाल सरकारको सम्बन्धित निकायमा दर्ता नविकरण गरी उद्यमी बन्ने बागमिति सरकार नेपाल सरकारले विभिन्न सुविधाहरु प्रदान गर्ने गरेको र ती सेवा सुविधा लिन संघले सहजिकरण गर्दै आईरहेको बताउदै तालिम लिई उद्यमी बन्न सकोस भनी शुभकामना दिए ।

त्यसैगरी उद्योग तथा बाणिज्य कार्यालयका लक्ष्मीप्रसाद कासुलाले चुरा लगाउने हातले सीप सिकि आत्मानिर्भर हुन सकोस र नेपाल सरकारको सम्बन्धित निकायमा दर्ता गरी उद्योग संचालन गरेमा वागमति सरकार अन्तर्गत उद्योग तथा वाणिज्य कार्यालयबाट दिने सुविधाको लागि सहजीकरण गर्न कार्यालय तत्पर रहेको जानकारी गराए।

कार्यक्रममा भक्तपुर घरेलु तथा साना उद्योग संघ ,महिला उद्यमी समितिका अध्यक्ष देवका श्रेष्ठले भक्तपुरमा अचारका उद्यमीको कमीको महशुस गरी उद्योग वाणिज्य कार्यालयसँग अचारको तालिमको माग गरेको जानकारी गराउँदै तालिम लिई अवको दिनमा बजारमा भक्तपुरबाट उत्पादित अचार बजारमा आउने आशा व्यक्त गरीन्। कार्यक्रममा भक्तपुर घरेलु तथा साना उद्योग संघ महिला उद्यमी समितिका सचिव सुचिता सैजु तथा प्रशिक्षक अनिता गौतमले तालिमको महत्वमाथि प्रकास पारेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 05 May 2024
Website | + posts




ताजा
रेशम चौधरीले पार्टी अध्यक्षमा अघि सारे २७ वर्षीय ‘जेनजी’
यूएईसँग नेपालको हार
आज रातिदेखि भारी वर्षा हुने, शनिबारसम्मै वर्षा कायम रहने
बीपी राजमार्ग पुनर्निर्माणका लागि नेपाल सरकार र जापान सरकारबीच अनुदान सम्झौता


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने