भक्तपुरमा ९ दिने अचार बनाउने तालिम सुरू

भक्तपुरमा ९ दिने अचार बनाउने तालिम सुरू : Icon Khabar

भक्तपुर, वैशाख २३ । उद्योग तथा वाणिज्य कार्यालयको आव २०८०/८१ को वार्षिक कार्यक्रम अन्तर्गत भक्तपुर घरेलु तथा साना उद्योग संघ, महिला उद्यमी समितिको संयोजनमा आइतबारबाट ९ दिने अचार बनाउने तालिम सुरू भएको छ।

सो अवसरमा भक्तपुर घरेलु तथा साना उद्योग संघका अध्यक्ष प्रेम खर्बुजाले बागमति प्रदेश सरकारले कोही पनि जनता सिप विहिन भई बेरोजगार नहोस भने उद्देश्यले विभिन्न तालिमहरु दिई रहेको जानकारी गराउँदै तालिम मात्र तालिमको लागि नभई उद्यमी बने हेतुले तालिम लिन हुन अनुरोध गरे।

उनले तालिम लिई नेपाल सरकारको सम्बन्धित निकायमा दर्ता नविकरण गरी उद्यमी बन्ने बागमिति सरकार नेपाल सरकारले विभिन्न सुविधाहरु प्रदान गर्ने गरेको र ती सेवा सुविधा लिन संघले सहजिकरण गर्दै आईरहेको बताउदै तालिम लिई उद्यमी बन्न सकोस भनी शुभकामना दिए ।

त्यसैगरी उद्योग तथा बाणिज्य कार्यालयका लक्ष्मीप्रसाद कासुलाले चुरा लगाउने हातले सीप सिकि आत्मानिर्भर हुन सकोस र नेपाल सरकारको सम्बन्धित निकायमा दर्ता गरी उद्योग संचालन गरेमा वागमति सरकार अन्तर्गत उद्योग तथा वाणिज्य कार्यालयबाट दिने सुविधाको लागि सहजीकरण गर्न कार्यालय तत्पर रहेको जानकारी गराए।

कार्यक्रममा भक्तपुर घरेलु तथा साना उद्योग संघ ,महिला उद्यमी समितिका अध्यक्ष देवका श्रेष्ठले भक्तपुरमा अचारका उद्यमीको कमीको महशुस गरी उद्योग वाणिज्य कार्यालयसँग अचारको तालिमको माग गरेको जानकारी गराउँदै तालिम लिई अवको दिनमा बजारमा भक्तपुरबाट उत्पादित अचार बजारमा आउने आशा व्यक्त गरीन्। कार्यक्रममा भक्तपुर घरेलु तथा साना उद्योग संघ महिला उद्यमी समितिका सचिव सुचिता सैजु तथा प्रशिक्षक अनिता गौतमले तालिमको महत्वमाथि प्रकास पारेका थिए।

Published Date: 05 May 2024


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग