आज सोमबारको राशिफल

आज सोमबारको राशिफल : Icon Khabar

काठमाडौं, वैशाख २४ ।  आज २०८१ वैशाख २४ गते सोमबार, तद्अनुसार ६ मे २०२४ । आज वैशाख कृष्ण त्रयोदशी, प्रीति वणिज रेवती, किरात समाज सुधार दिवस, सूर्योदय बिहान ०५ः२० बजे, सूर्यास्त साँझ १८ः४० बजे ।

आजको राशिफल

मेष: उत्साहवर्द्धक सूचना प्राप्त हुनेछ । पुराना साथीहरुसंग भेटघाट हुनेछ । लाभ हुनेछ ।

वृष: चोट अथवा रोगले वाधाको सम्भावना छ । यात्रा लाभदायक रहने छ । उपहार प्राप्ति हुनेछ ।

मिथुन: व्यावसायिक यात्रा सफल रहने छ । फजूल खर्चमा नियन्त्रण राख्नु होला । घर–परिवारको चिन्ता रहने छ ।

कर्कट: डूबेको रकम प्राप्त हुनेछ । व्यावसायिक यात्रा सफल रहने छ । लगानीले मनोनुकूल लाभ दिने छ ।

सिंह: योजना फलीभूत हुनेछ । कार्यस्थलमा परिवर्तनको सम्भावना छ । सामाजिक प्रतिष्ठामा वृद्धि हुनेछ ।

कन्या: धन प्राप्ति सुगम हुनेछ । लामो समयदेखि रोकिएको कार्यमा गति आउने छ । धार्मिक अनुष्ठानमा भाग लिने अवसर पाइने छ ।

तुला: स्वास्थ्य कमजोर रहन सक्छ । बनिसकेको काममा वाधा उत्पन्न हुनेछ । मेहनत बढी तर लाभ कम हुनेछ ।

वृश्चिक: उत्साहको अधिकता तथा व्यस्तता रहने छ । लाभको अवसर हात पर्नेछ । भाग्य अनुकूल छ, लाभ लिनु होला ।

धनु: स्थायी सम्पत्तिमा वृद्धि हुन सक्छ । लगानी शुभ रहने छ । उन्नतिका मार्ग प्रशस्त हुनेछन् ।

मकर: रचनात्मक कार्य पूर्ण तथा सफल हुनेछन् । पार्टी अथवा पिकनिकको आयोजना हुनेछ । परीक्षा अथवा अन्तर्वार्तामा सफलता प्राप्त हुनेछ ।

कुम्भ: विवादलाई नबढाउनु होला । कसैको व्यक्तिबाट स्वाभिमानमा ठेस पुग्ने छ । हतार नगर्नु होला ।

मीन: मेहनतको पुरै फल पाइने छ । यात्रा लाभदायक रहने छ । सामाजिक प्रतिष्ठामा वृद्धि हुनेछ । प्रसन्नता रहने छ ।

Published Date: 06 May 2024


ताजा
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
उर्वरभूमि कृषि सहकारीको ११औँ वार्षिक साधारण सभा सम्पन्न
आइतबारका लागि विदेशी मुद्राको विनिमय दर
देशका थोरै स्थानमा वर्षा र उच्च भूभागमा हिमपातको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै