स्मार्ट फोनको आयात बढ्यो, बढि निर्यात गर्ने देशमा चीन र भारत

स्मार्ट फोनको आयात बढ्यो, बढि निर्यात गर्ने देशमा चीन र भारत : Icon Khabar

काठमाडौँ, वैशाख ९ । चालु आर्थिक वर्षको ९ महिनामा स्मार्ट फोनको आयात बढेको छ। भन्सार विभागले सार्वजनिक गरेको चैतसम्मको आयात निर्यातको विवरणमा स्मार्ट फोनको आयात बढेको देखिएको हो।

विभागका अनुसार चैतसम्म विभिन्न मुलुकबाट १३ लाख ९१ हजार ८४५ थान स्मार्ट फोन आयात भएका छन्। ६१ मुलुकबाट उक्त परिमाणमा स्मार्ट फोन आयात भएको विवरणमा उल्लेख छ। जुन गत वर्षको सोही अवधिको तुलनामा कम हो। गत वर्ष सोही अवधिमा ६८ मुलुकबाट स्मार्ट फोन आयात भएका थिए।

स्मार्ट फोन निर्यातमा सबैभन्दा अघि चीन र भारत रहेका छन्। गएको नौ महिनामा चीनले मात्रै १० लाख थान भन्दा बढी स्मार्ट फोन नेपाल निर्यात गरेको छ। सबैभन्दा बढी स्मार्ट फोन निर्यात गर्ने दोस्रो देश भारत हो। उसले चैतसम्म तीन लाख ७८ हजार थान स्मार्ट फोन निर्यात गरेको छ।

गएको ९ महिनामा २१ अर्ब ७५ करोड २८ लाख ८० हजार ५९१ रुपैयाँ बराबरको फोन आयात भएका छन्। जुन गत वर्षको सोही अवधिको तुलनामा १६.५४ प्रतिशत बढी हो। गत वर्ष सोही अवधिमा १८ अर्ब ६६ करोड रुपैयाँ भन्दा बढीको स्मार्ट फोन आयात भएका थिए।

चालु वर्ष स्मार्ट फोन आयातबाट सरकारले चार अर्ब चार करोड ९९ लाख ८६ हजार ५१५ रुपैयाँ राजस्व प्राप्त गरेको छ। जुन गत वर्षको सोही अवधिको तुलनामा १६.२४ प्रतिशत बढी हो। गत वर्ष सोही अवधिमा स्मार्ट फोन आयात मार्फत सरकारले तीन अर्ब ४८ करोड ३९ लाख ८ हजार ५२५ रुपैयाँ राजस्व प्राप्त गरेको थियो।

Published Date: 21 April 2024




ताजा
भक्तपुरमा ‘हेरिटेज मार्केट–कल्चरल किचेन’ मेला सुरु
सिथि नखःको अवसरमा लोकेश्वर साकोसद्वारा कालदह सरसफाइ
स्काउट दिवस २०८३ को अवसरमा मनोरम स्काउट ट्रुपद्वारा सचेतनामूलक र्‍याली सम्पन्न
प्रकृतिसँग रमाउँदै सिकाइमा सहभागी बने बालबालिका : क्युरिकोट मड फेस्टिभल २०८३ सम्पन्न


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न