गोरखाको वीरेन्द्र ताल फुटेपछि तटीय क्षेत्रमा बाढी, बगायो सामागाउँको काठेपुल

गोरखाको वीरेन्द्र ताल फुटेपछि तटीय क्षेत्रमा बाढी, बगायो सामागाउँको काठेपुल : Icon Khabar

काठमाडौँ, वैशाख ९ । चुमनुव्री गाउँपालिकास्थित मनास्लु क्षेत्रमा रहेको ताल फुटेको हो। ताल फुटेर तल्लो तटीय क्षेत्रमा बाढी आएको गाउँपालिका अध्यक्ष नीमा लामाले जानकारी दिए।

‘ताल फुटेको जानकारी पाएका छौं। ताल फुटेर सामागाउँको काठेपुल बगाएको जानकारी पाएका छौं। अहिलेसम्म बस्तीमा चाहिँ क्षति पुगेको छैन,’ उनले भने।

वीरेन्द्र ताल फुट्दा, चुमनुव्री, धार्चे गाउँपालिकाको तटीय क्षेत्रमा जोखिम बढेको छ। धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरूङले तालमाथि रहेको हिउँको ढिस्को झरेको जानकारी आएको बताए।

‘ताल फुटेको नभइ तालमाथि रहेको हिउँको ढिस्को झरेको जानकारी आएको छ। हामीले तटीय क्षेत्रमा रहेका बासिन्दालाई सतर्क रहन भनेका छौं। बाढी धेरै ठूलो छैन। वर्षामा आउने भेलजस्तै रहेको स्थानीयले बताएका छन्,’ उनले भने।

Published Date: 21 April 2024




ताजा
भक्तपुरमा ‘हेरिटेज मार्केट–कल्चरल किचेन’ मेला सुरु
सिथि नखःको अवसरमा लोकेश्वर साकोसद्वारा कालदह सरसफाइ
स्काउट दिवस २०८३ को अवसरमा मनोरम स्काउट ट्रुपद्वारा सचेतनामूलक र्‍याली सम्पन्न
प्रकृतिसँग रमाउँदै सिकाइमा सहभागी बने बालबालिका : क्युरिकोट मड फेस्टिभल २०८३ सम्पन्न


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न