तुलसी घिमिरे निर्देशनमा पुनरागमन हुँदै, नयाँ फिल्मक ‘पहाड’ का लागि विपिन कार्कीसंग सहकार्य गर्ने

तुलसी घिमिरे निर्देशनमा पुनरागमन हुँदै, नयाँ फिल्मक ‘पहाड’ का लागि विपिन कार्कीसंग सहकार्य गर्ने : Icon Khabar

काठमाडौं, वैशाख ९ । निर्देशक तुलसी घिमिरेले झण्डै सात वर्षपछि फिल्म निर्देशनमा पुनरागमन गर्ने भएका छन् । यसपटक उनले आफ्नो नयाँ फिल्मको नाम ‘पहाड’ राखेका छन् ।

आफ्नो सबैभन्दा सफल फिल्म ‘दर्पण छायाँ’ को सिक्वेल व्यवसायिक रुपमा असफल भएपछि घिमिरेले नयाँ फिल्म बनाउने जाँगर चलाएका थिएनन् ।

अन्ततः सात वर्षपछि उनले ‘पहाड’ निर्देशन गर्ने निर्णय गरेका छन् । यो फिल्मको मुख्य भूमिकामा अभिनेता विपिन कार्कीसंग सहकार्य गर्ने निर्णय गरेका छन् । यही वर्षको दशैंपछि फ्लोर जाने यो फिल्ममा विपिनले मुख्य भूमिका निर्वाह गर्ने निश्चित भए पनि दुबै पक्षबीच सम्झौता भने हुन बाँकी रहेको छ ।

यो फिल्मले मानवरहित बन्दै गएको पहाडी भूगोलको कथालाई चित्रण गर्ने बताइन्छ । निर्देशक घिमिरेले यो फिल्ममा मह जोडी अर्थात मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई पनि अभिनयको प्रस्ताव राखेको बुझिएको छ ।

Published Date: 21 April 2024




ताजा
भक्तपुरमा ‘हेरिटेज मार्केट–कल्चरल किचेन’ मेला सुरु
सिथि नखःको अवसरमा लोकेश्वर साकोसद्वारा कालदह सरसफाइ
स्काउट दिवस २०८३ को अवसरमा मनोरम स्काउट ट्रुपद्वारा सचेतनामूलक र्‍याली सम्पन्न
प्रकृतिसँग रमाउँदै सिकाइमा सहभागी बने बालबालिका : क्युरिकोट मड फेस्टिभल २०८३ सम्पन्न


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न