तुलसी घिमिरे निर्देशनमा पुनरागमन हुँदै, नयाँ फिल्मक ‘पहाड’ का लागि विपिन कार्कीसंग सहकार्य गर्ने

तुलसी घिमिरे निर्देशनमा पुनरागमन हुँदै, नयाँ फिल्मक ‘पहाड’ का लागि विपिन कार्कीसंग सहकार्य गर्ने : Icon Khabar

काठमाडौं, वैशाख ९ । निर्देशक तुलसी घिमिरेले झण्डै सात वर्षपछि फिल्म निर्देशनमा पुनरागमन गर्ने भएका छन् । यसपटक उनले आफ्नो नयाँ फिल्मको नाम ‘पहाड’ राखेका छन् ।

आफ्नो सबैभन्दा सफल फिल्म ‘दर्पण छायाँ’ को सिक्वेल व्यवसायिक रुपमा असफल भएपछि घिमिरेले नयाँ फिल्म बनाउने जाँगर चलाएका थिएनन् ।

अन्ततः सात वर्षपछि उनले ‘पहाड’ निर्देशन गर्ने निर्णय गरेका छन् । यो फिल्मको मुख्य भूमिकामा अभिनेता विपिन कार्कीसंग सहकार्य गर्ने निर्णय गरेका छन् । यही वर्षको दशैंपछि फ्लोर जाने यो फिल्ममा विपिनले मुख्य भूमिका निर्वाह गर्ने निश्चित भए पनि दुबै पक्षबीच सम्झौता भने हुन बाँकी रहेको छ ।

यो फिल्मले मानवरहित बन्दै गएको पहाडी भूगोलको कथालाई चित्रण गर्ने बताइन्छ । निर्देशक घिमिरेले यो फिल्ममा मह जोडी अर्थात मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई पनि अभिनयको प्रस्ताव राखेको बुझिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 21 April 2024
Website | + posts