भारतमा गर्मी छल्न ट्राफिक प्रहरीलाई एसीयुक्त हेल्मेट दिइने

भारतमा गर्मी छल्न ट्राफिक प्रहरीलाई एसीयुक्त हेल्मेट दिइने : Icon Khabar

नयाँदिल्ली, वैशाख ९ । भारतका विभिन्न राज्यका प्रहरी विभागहरूले गर्मीका बीच सडकमा खटिने आफ्ना ट्राफिक कर्मचारीहरूका लागि वातानुकूलित हेल्मेट दिने बताएका छन् ।

हेल्मेटले ४० डिग्री सेल्सियसभन्दा माथिको तापक्रममा शितल महशुस गराउने र आँखालाई सूर्यको प्रकाशबाट जोगाउन सहयोग गर्ने अधिकारीहरुले बताएका छन् ।

गुजरातमा अत्यधिक गर्मीका कारण सडकमा ट्राफिक प्रहरी बेहोस भएको खबर आएपछि सेवामा रहेका ट्राफिकलाई यो हेल्मेट दिने तयारी भएको हो ।

हेल्मेटले कम्मरमा फिट गरिएको ब्याट्रीबाट काम गर्दछ । यसमा चार्जिङ प्वाइन्ट रहेको छ र एक पटक पुरा चार्जमा गरेपछि आठ घण्टासम्म चल्छ ।

prabhu bank
भारतीय मौसम विज्ञान विभागले अप्रिलदेखि जुनसम्म देशले अत्यधिक गर्मीको सामना गर्नुपर्ने र मध्य र पश्चिमी प्रायद्वीपीय क्षेत्रहरू सबैभन्दा बढी प्रभावित हुने अनुमान यही महिनाको सुरुमा गरेको थियो ।

Published Date: 21 April 2024


















ताजा
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
बाचामारी–नन्दीकेश्वर सडक र मन्दिर परिसरमा बृहत् सरसफाइ
लिग-२: आज नेपाल र ओमान आमनेसामने, ओडीआई मान्यता जोगाउने लक्ष्यमा टोली


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड