किन लगातार बढ्दै छ सुनको भाउ ?

किन लगातार बढ्दै छ सुनको भाउ ? : Icon Khabar

काठमाडौँ, वैशाख ७ । सुनको भाउमा नयाँ रेकर्ड कायम भएको छ। शुक्रबार सुन तोलामा ७०० रुपैयाँले बढेर हालसम्मकै उच्च मूल्यमा पुगेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार शुक्रबार छापावाला सुनको भाउ प्रतितोला १ लाख ३९ हजार ३०० र तेजाबी सुनको भाउ प्रतितोलमा १ लाख ३८ हजार ६५० रुपैयाँ पुगेको छ।

बिहीबार छापावाला सुन प्रतितोला १ लाख ३८ हजार ६०० रुपैयाँमा खरिद बिक्री भएको थियो। यसअघि सुनका भाउ प्रतितोला १ लाख ३९ हजार २०० रुपैयाँसम्म पुगेको थियो। शुक्रबार सो रेकर्डलाई तोड्दै नयाँ रेकर्ड कायम गरेको हो।

यस्तै शुक्रबार चाँदीको भाउ भने तोलामा ५ रुपैयाँले घटेर प्रििततोला १ हजार ७२० रुपैयाँमा खरिदबिक्री भइरहेको महासँघले जनाएको छ।

Published Date: 19 April 2024


ताजा
विदेशको भिसा नलागेसम्म BBS, भिसा लागेपछि ड्रपआउट! त्रिविको BBS को शैक्षिक मूल्य कहाँ पुग्दैछ?
रसुवाको बाढीपछि नेपालको पर्यटन छविमा चुनौती: विश्वसामु सकारात्मक सन्देश फैलाउने अवसर
आजदेखि सोह्रश्राद्ध सुरु, १६ दिनसम्म पितृको सम्झना र तर्पण गरिँदै
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग