किन लगातार बढ्दै छ सुनको भाउ ?

किन लगातार बढ्दै छ सुनको भाउ ? : Icon Khabar

काठमाडौँ, वैशाख ७ । सुनको भाउमा नयाँ रेकर्ड कायम भएको छ। शुक्रबार सुन तोलामा ७०० रुपैयाँले बढेर हालसम्मकै उच्च मूल्यमा पुगेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार शुक्रबार छापावाला सुनको भाउ प्रतितोला १ लाख ३९ हजार ३०० र तेजाबी सुनको भाउ प्रतितोलमा १ लाख ३८ हजार ६५० रुपैयाँ पुगेको छ।

बिहीबार छापावाला सुन प्रतितोला १ लाख ३८ हजार ६०० रुपैयाँमा खरिद बिक्री भएको थियो। यसअघि सुनका भाउ प्रतितोला १ लाख ३९ हजार २०० रुपैयाँसम्म पुगेको थियो। शुक्रबार सो रेकर्डलाई तोड्दै नयाँ रेकर्ड कायम गरेको हो।

यस्तै शुक्रबार चाँदीको भाउ भने तोलामा ५ रुपैयाँले घटेर प्रििततोला १ हजार ७२० रुपैयाँमा खरिदबिक्री भइरहेको महासँघले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
Published Date: 19 April 2024
Website | + posts
ताजा
वैदेशिक अध्ययनमा नेपालबाट बाहिरियो ४२ अर्ब ९६ करोड
मंगलबार नेप्से परिसूचक १८.३७ अंकले बढ्यो
भारतमा कुहिरोका कारण ११ वटा सवारीसाधन एकआपसमा ठोक्किँदा १३ जनाको मृत्यु
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब अमेरिकी डलर क्षतिपूर्तिको मागसहित मुद्दा दायर


ट्रेन्डिङ
सुकुलढोकाको ऐतिहासिक इनारमा कार ठोक्किँदा इनार भत्कियो, मापसे गरेका चालक गम्भीर घाइते
जाकिबंजार परिवार भक्तपुरद्वारा आयोजित ईहिँ जगे कार्यक्रम सम्पन्न
भक्तपुरमा योमारी पुन्हीको अवसरमा योमारी प्रतियोगिता तथा प्रदर्शनी सम्पन्न
भक्तपुरमा मिस्टर एण्ड मिस मोडर्न २०८२ भव्यताका साथ सम्पन्न