चीनबाट आयात गरिएको रासायनिक मल तातोपानी भन्सारबाट धमाधम ढुवानी हुँदै

चीनबाट आयात गरिएको रासायनिक मल तातोपानी भन्सारबाट धमाधम ढुवानी हुँदै : Icon Khabar

सिन्धुपाल्चोक, वैशाख ७ । वैशाख चीनबाट आयात गरिएको रासायनिक मल तातोपानी भन्सार कार्यालयबाट काठमाडौँतर्फ धमाधम ढुवानी भइरहेको छ

करिब ११ महिना गोदाममा थन्किएको मल आयातकर्ता ट्रान्स सिल्कले आवश्यक प्रक्रिया पूरा गरेसँगै मल काठमाडौँतर्फ ढुवानी भएको हो। कृषि सामग्री कम्पनी र आयातकर्ताबिच सहमति भएपछि तीन हजार पाँच सय टन मल काठमाडौँ पठाइएको भन्सार कार्यालयले जनाएको छ।

तातोपानी भन्सार कार्यालयका प्रमुख दयानन्द केसीका अनुसार तीन हजार पाँच सय टन मलमध्ये हालसम्म एक हजार दुई सय टनभन्दा बढी मल जाँच पास भएर काठमाडौँ पुगेको छ। बाँकी मल पनि जाँच पास प्रक्रियामा रहेकाले चाँडै नै काठमाडौँ पुग्नेछ।

Published Date: 19 April 2024


ताजा
विदेशको भिसा नलागेसम्म BBS, भिसा लागेपछि ड्रपआउट! त्रिविको BBS को शैक्षिक मूल्य कहाँ पुग्दैछ?
रसुवाको बाढीपछि नेपालको पर्यटन छविमा चुनौती: विश्वसामु सकारात्मक सन्देश फैलाउने अवसर
आजदेखि सोह्रश्राद्ध सुरु, १६ दिनसम्म पितृको सम्झना र तर्पण गरिँदै
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग