सन्दीपको अर्धशतकमा नेपालले युएईलाई दियो १२० रनको सामान्य लक्ष्य

सन्दीपको अर्धशतकमा नेपालले युएईलाई दियो १२० रनको सामान्य लक्ष्य : Icon Khabar
UAE

काठमाडौँ, वैशाख ७ । एसीसी मेन्स प्रिमियर कप २०२४ अन्तर्गत नेपालले पहिलो सेमिफाइनलमा यूएईलाई १ सय २० रनको सामान्य लक्ष्य दिएको छ ।

अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमीको मैदानमा नेपालले टस हारेपछि ब्याटिङको निम्तो पाएको थियो । शीर्षक्रमले संघर्ष गर्दा नेपालले तल्लोक्रमका ब्याटरको सहयोगमा २० ओभरमा ९ विकेट गुमाएर १ सय १९ रन जोड्यो । नेपालका लागि सन्दीप जोराले ४ चौका र २ छक्कासहित सर्वाधिक ५० रनको योगदान दिए ।

इनिङको पहिलो बलमा नै कुशल भुर्तेल कट बिहाइन्ड भएपछि नेपाल दबाबमा पर्यो । जुनेद सिद्दिकी र ओमिद रहमानले उत्कृष्ट बलिङ गर्दै नेपाललाई पावरप्लेमा चल्न दिएनन् । ओमिदले आसिफ शेखलाई एलबीडब्लु धरापमा पार्दा नेपाल ११-२ को अवस्थामा पुग्यो । कप्तान रोहित पौडेल विकेट जोगाउने धुनमा रक्षात्मक हुँदा १८ बलमा ५ रन जोड्दै कट बिहाइन्ड भए ।

चौथो नम्बरमा ब्याटिङ गर्न आएका सन्दीप जोराले इनिङ सम्हालेर रन जोड्दा अर्कोतर्फ भने निरन्तर विकेट पतन जारी रह्यो । कुशल मल्ल ३ रनमा बसिल हमिदबाट बोल्ड भए । दीपेन्द्र सिंह ऐरी पनि ५ रनमा आयान खानको एलबीडब्लू धरापमा परे ।

त्यसपछि सन्दीप जोरा लेग स्पिनर मोहमद फारुकको बलमा क्याच आउट भए । ५० रन जोडेका उनी आउट हुँदा नेपाल ८०-६ को स्थितिमा पुगेको थियो । सोमपाल कामी पनि २ रन जोड्दै बसिलको बलमा क्याचआउट भए ।

तल्लोक्रममा गुलशन झा र करण केसीले नेपाललाई सम्मानजनक स्कोरसम्म पुर्याए । करण ११ बलमा २ छक्कासहित १७ रनमा बोल्ड भए । गुलशनले अन्तिम ओभरमा आउट हुनुअघि १५ बलमा १ चौका र १ छक्कासहित २० रन जोडे ।

यूएईका लागि प्रयोग भएका सबै ६ बलरले विकेट लिए । जुनेद सिद्दिकी, अलि नासिर र बसिल हमिदले २-२ तथा ओमिद रहमान, आयन खान र मुहमद फारुकले १-१ विकेट हात पारे ।

आज हुने अर्को सेमिफाइनलमा ओमान र हङकङ खेल्नेछन् । फाइनल जित्ने टोली एसिया कपमा छनोट हुनेछ । फाइनल आइतबार तथा तेस्रो स्थानको खेल शनिबार हुनेछ ।

Published Date: 19 April 2024


ताजा
दैनिक भक्तपुर अपडेट: २०८३ साल वैशाख २३ गते बुधबार
जीवनोपयोगी शिक्षाको उज्यालो बाटो: अक्सफोर्ड प्राक्टिकल इंग्लिश स्कुलको प्रेरणादायी यात्रा
आईपीएल: सञ्जु सामसनको विष्फोटक ब्याटिङ, दिल्लीमाथि चेन्नईको ८ विकेटको शानदार जित
बुधबारका लागि विदेशी मुद्राको विनिमयदर








ट्रेन्डिङ
टौमढि परिसरमा पटाका पड्काउने व्यक्तिको खोजीमा भक्तपुर प्रहरी, फोटो–भिडियो उपलब्ध गराउन आग्रह,
रथ तान्दा अराजकता: बिस्का: जात्रामा सम्पदा र जनसुरक्षा जोखिममा
समयसँग जुध्दै, सपनालाई आकार दिँदै: मनोरम बोर्डिङ्ग स्कुलको प्रेरणादायी यात्रा
मन्टेसरी एजुकेशन स्कूलको नवौं वार्षिकोत्सव तथा दीक्षान्त समारोह सम्पन्न