नबिल बैंक भयो सबैभन्दा बढी नाफा कमाउन सफल बैंक

नबिल बैंक भयो सबैभन्दा बढी नाफा कमाउन सफल बैंक : Icon Khabar

काठमाडौँ, वैशाख ७ । हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुमध्ये नबिल बैंकले सबैभन्दा बढी नाफा कमाउन सफल भएको छ। सो बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ४ अर्ब ६६ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८.७६ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्मा बैंकले ५ अर्ब ११ करोड रुपैयाँ नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी बढेपनि बैंकको खर्च बढेका कारण खुद नाफा सामान्य घट्न पुगेको हो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३.७२ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी ११.४० प्रतिशत बढेको छ। त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा ४.३५ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा १०.७२ प्रतिशत घटेको छ।

चैत मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ५४ करोड रुपैयाँ रहेको छ भने प्रतिशेयर वितरणयोग्य आम्दानी ७ रुपैयाँ ६२ पैसा रहेको छ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी २ रुपैयाँ २१ पैसा घटेर २३ रुपैयाँमा झरेको छ। सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १८.८५ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २०८ रुपैयाँ ३९ पैसा रहेको छ।

२७ अर्ब ५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा २९ अर्ब ३२ करोड रुपैयाँ सञ्चित छ। चैत अन्त्यसम्ममा बैंकले ४ खर्ब ४० अर्ब रुपैयाँ निक्षेप संकलन गरी ३ खर्ब ६८ अर्ब कर्जा प्रवाह गरेको छ।

Published Date: 19 April 2024


ताजा
विदेशको भिसा नलागेसम्म BBS, भिसा लागेपछि ड्रपआउट! त्रिविको BBS को शैक्षिक मूल्य कहाँ पुग्दैछ?
रसुवाको बाढीपछि नेपालको पर्यटन छविमा चुनौती: विश्वसामु सकारात्मक सन्देश फैलाउने अवसर
आजदेखि सोह्रश्राद्ध सुरु, १६ दिनसम्म पितृको सम्झना र तर्पण गरिँदै
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग