घट्यो ग्लोबल आईएमई बैंकको नाफा

घट्यो ग्लोबल आईएमई बैंकको नाफा : Icon Khabar

काठमाडौं, वैशाख ७ । ग्लोबल आईएमई बैंकको नाफामा २४ प्रतिशतले गिरावट आएको छ। बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार साउनदेखि चैत मसान्तसम्मको खुद नाफा ३ अर्ब ३० करोड रुपैयाँ छ।

कुल कर्जामा निष्क्रिय कर्जाको अंश गत वर्ष यस अवधिमा ३.९६ प्रतिशत रहेकोमा अहिले बढेर ४.७४ प्रतिशत पुगेको छ। बैंकको वितरणयोग्य नाफा भने ४२ करोड ३१ लाख रुपैयाँ ऋणात्मक छ।

गत वर्ष यसै अवधिमा ४ अर्ब ३५ करोड खुद नाफा कमाएको थियो। बैंकको खुद ब्याज आम्दानी बढे पनि ठूलो रकम लोन लस प्रोभिजन गर्दा नाफा घटेको देखिन्छ। चालु आवको तेस्रो त्रैमासमा बैंकको खुद ब्याज आम्दानी १३ अर्ब २ करोड छ, गत आवको यसै अवधिमा ११ अर्ब ७९ करोड रुपैयाँ थियो। बैंकले लोन लस प्रोभिजनवापत ५ अर्ब २६ करोड रुपैयाँ छुट्याएको छ, जुन पहिलेको तुलनामा ९४ प्रतिशत बढी हो।

वार्षिक प्रतिसेयर आम्दानी (ईपीएस) गत आर्थिक वर्ष यसै अवधिमा १७ रुपैयाँ ८ पैसा छ रहेकोमा अहिले १२ रुपैयाँ २० पैसामा झरेको छ।

Published Date: 19 April 2024


ताजा
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
दशैंको अवसरमा ब्रह्मायणी मन्दिरमा ‘मिस्टर एन्ड मिस मोडर्न २०८३’ का प्रतियोगीहरूको सरसफाइ अभियान
आज शुक्रबारको राशिफल


ट्रेन्डिङ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड