घट्यो ग्लोबल आईएमई बैंकको नाफा

घट्यो ग्लोबल आईएमई बैंकको नाफा : Icon Khabar

काठमाडौं, वैशाख ७ । ग्लोबल आईएमई बैंकको नाफामा २४ प्रतिशतले गिरावट आएको छ। बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार साउनदेखि चैत मसान्तसम्मको खुद नाफा ३ अर्ब ३० करोड रुपैयाँ छ।

कुल कर्जामा निष्क्रिय कर्जाको अंश गत वर्ष यस अवधिमा ३.९६ प्रतिशत रहेकोमा अहिले बढेर ४.७४ प्रतिशत पुगेको छ। बैंकको वितरणयोग्य नाफा भने ४२ करोड ३१ लाख रुपैयाँ ऋणात्मक छ।

गत वर्ष यसै अवधिमा ४ अर्ब ३५ करोड खुद नाफा कमाएको थियो। बैंकको खुद ब्याज आम्दानी बढे पनि ठूलो रकम लोन लस प्रोभिजन गर्दा नाफा घटेको देखिन्छ। चालु आवको तेस्रो त्रैमासमा बैंकको खुद ब्याज आम्दानी १३ अर्ब २ करोड छ, गत आवको यसै अवधिमा ११ अर्ब ७९ करोड रुपैयाँ थियो। बैंकले लोन लस प्रोभिजनवापत ५ अर्ब २६ करोड रुपैयाँ छुट्याएको छ, जुन पहिलेको तुलनामा ९४ प्रतिशत बढी हो।

वार्षिक प्रतिसेयर आम्दानी (ईपीएस) गत आर्थिक वर्ष यसै अवधिमा १७ रुपैयाँ ८ पैसा छ रहेकोमा अहिले १२ रुपैयाँ २० पैसामा झरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 19 April 2024
Website | + posts


ताजा
अरनिको राजमार्ग तत्काल खुलाउन मन्त्री घिसिङद्वारा सडक विभागलाई निर्देशन
अरनिको राजमार्गको समस्या दीर्घकालीन रूपमा समाधान गर्न माग
काठमाडौँको गोँगबुस्थित नयाँ बसपार्कमा यात्रुको घुइँचो लाग्न थाल्यो
सिंहदरबार परिसरमा जलाइएका सवारीसाधनलाई व्यवस्थापन गर्न मन्त्री घिसिङको निर्देशन


ट्रेन्डिङ
भक्तपुर मोडर्नमा मतदान र खाद्य प्रदर्शनी सम्पन्न
राजु कर्माचार्यको आफ्नै शब्द, संगीत र स्वरमा सजिएको नयाँ गीत “आफ्नो मान्छे” सार्वजनिक
आइकन खबर डटकम अब साइकल कनेक्ट भक्तपुरको आधिकारिक मिडिया पार्टनर
सुनको मूल्यले रेकर्ड बनाउने क्रम जारी, चाँदी भने सामान्य घट्यो