टर्कीमा ५.६ म्याग्निच्युडको भूकम्प

टर्कीमा ५.६ म्याग्निच्युडको भूकम्प : Icon Khabar

काठमाडौँ, वैशाख ७ । टर्कीको उत्तरी प्रान्त टोकाटमा बिहीबार ५.६ म्याग्निच्युडको भूकम्प गएको देशको विपद् व्यवस्थापन प्राधिकरण एएफएडीले जनाएको छ । साँझ ६ बजेर ११ मिनेटमा भूकम्प गएको हो ।

राजधानी अंकाराबाट करिव ४५० किलोमिटर पूर्वमा रहेको टोकाट प्रान्तको सुलुसाराय सहरमा केन्द्रबिन्दु रहेको एएफएडीले जनाएको छ । हालसम्म कुनै मानवीय क्षति नभएको बताइएको छ ।

भूकम्पको धक्का छिमेकी प्रान्तमा महसुस गरिएको निजी प्रसारक एनटिभीले जनाएको छ । एएफएडी र अन्य सम्बन्धित एजेन्सीहरूका टोलीहरूले घटनास्थलमा स्थितिको अनुसन्धान गरिरहेका छन् ।

Published Date: 19 April 2024


ताजा
विदेशको भिसा नलागेसम्म BBS, भिसा लागेपछि ड्रपआउट! त्रिविको BBS को शैक्षिक मूल्य कहाँ पुग्दैछ?
रसुवाको बाढीपछि नेपालको पर्यटन छविमा चुनौती: विश्वसामु सकारात्मक सन्देश फैलाउने अवसर
आजदेखि सोह्रश्राद्ध सुरु, १६ दिनसम्म पितृको सम्झना र तर्पण गरिँदै
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग