इजराइलले इरानमाथि सुरु गर्‍यो आक्रमण, विष्फोटपछि अधिकांश उडान ‘डाइभर्ट’

इजराइलले इरानमाथि सुरु गर्‍यो आक्रमण, विष्फोटपछि अधिकांश उडान ‘डाइभर्ट’ : Icon Khabar

काठमाडौँ, वैशाख ७ । इजराइलले इरानमाथि जवाफी कारबाही थालेको छ । आइतबार इरानले इजराइलमाथि आक्रमण गरेपछि त्यसको जवाफी कारबाही गर्ने इजराइलले चेतावनी दिएको थियो ।

सोही चेतावनीलाई इजराइलले कार्यान्वयन गर्दै इरानको विभिन्न सहरमाथि आक्रमण गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम सीएनएनले जनाएको छ । इरानको इसाफहान सहरस्थित एयरपोर्ट नजिकै विष्फोटको आवाज सुनिएको छ । जसका कारण विभिन्न उडानको रुट परिवर्तन गरिएको छ भने कतिपय उडान रद्द गरिएका छन् ।

साथै इरानको विभिन्न परमाणु प्लान्टमाथि पनि मिसाइल आक्रमण भएको इरानको सरकारी समाचार संस्था इरनाले दावी गरेको छ । इसाफहानमा इरानको सबैभन्दा ठूलो युरेनियम कार्यक्रम सञ्चालनमा रहेको छ । इजराइली आक्रमण पछि इरानको रक्षा मन्त्रालयले विभिन्न राज्यमा हवाई सेनालाई तैनाथ गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 19 April 2024
Website | + posts




ताजा
नगरकोटका गैरी खेत सुनौलो रङमा, पाकेका धान र फुलिएका तोरीले सजिएको गाउँ (फोटो फिचर )
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरको सुवर्णेश्वरबाट देखिएको तिहारको उज्यालोमा झकिझकायो काठमाडौं उपत्यका
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने