इजराइलले इरानमाथि सुरु गर्‍यो आक्रमण, विष्फोटपछि अधिकांश उडान ‘डाइभर्ट’

इजराइलले इरानमाथि सुरु गर्‍यो आक्रमण, विष्फोटपछि अधिकांश उडान ‘डाइभर्ट’ : Icon Khabar

काठमाडौँ, वैशाख ७ । इजराइलले इरानमाथि जवाफी कारबाही थालेको छ । आइतबार इरानले इजराइलमाथि आक्रमण गरेपछि त्यसको जवाफी कारबाही गर्ने इजराइलले चेतावनी दिएको थियो ।

सोही चेतावनीलाई इजराइलले कार्यान्वयन गर्दै इरानको विभिन्न सहरमाथि आक्रमण गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम सीएनएनले जनाएको छ । इरानको इसाफहान सहरस्थित एयरपोर्ट नजिकै विष्फोटको आवाज सुनिएको छ । जसका कारण विभिन्न उडानको रुट परिवर्तन गरिएको छ भने कतिपय उडान रद्द गरिएका छन् ।

साथै इरानको विभिन्न परमाणु प्लान्टमाथि पनि मिसाइल आक्रमण भएको इरानको सरकारी समाचार संस्था इरनाले दावी गरेको छ । इसाफहानमा इरानको सबैभन्दा ठूलो युरेनियम कार्यक्रम सञ्चालनमा रहेको छ । इजराइली आक्रमण पछि इरानको रक्षा मन्त्रालयले विभिन्न राज्यमा हवाई सेनालाई तैनाथ गरेको छ ।

Published Date: 19 April 2024




ताजा
भक्तपुरमा ‘हेरिटेज मार्केट–कल्चरल किचेन’ मेला सुरु
सिथि नखःको अवसरमा लोकेश्वर साकोसद्वारा कालदह सरसफाइ
स्काउट दिवस २०८३ को अवसरमा मनोरम स्काउट ट्रुपद्वारा सचेतनामूलक र्‍याली सम्पन्न
प्रकृतिसँग रमाउँदै सिकाइमा सहभागी बने बालबालिका : क्युरिकोट मड फेस्टिभल २०८३ सम्पन्न


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न