दयाहाङ राईको ‘बिहे पास’ नयाँ बर्षमा रिलिज हुने

दयाहाङ राईको ‘बिहे पास’ नयाँ बर्षमा रिलिज हुने : Icon Khabar

काठमाडौँ, माघ १३ । दयाहाङ राई र प्रकृति श्रेष्ठ अभिनीत चलचित्र ‘बिहे पास’को फस्र्टलुक पोस्टरसँगै प्रदर्शन मिति सार्वजनिक गरिएको छ। नयाँ वर्ष २०८० को वैशाख १ गते रिलिज हुने चलचित्रको श्रीपञ्चमीको अवसर पारेर बिहीबार दर्शकमाझ दुई डिजाइनका पोस्टर सार्वजनिक गरिएको हो।

चलचित्र प्रवेश पौडेलको निर्देशनमा रोहित कटेल र रत्न श्रेष्ठले निर्माण गरेका हुन्। रोहित कटेलको प्रस्तुति, रत्न श्रेष्ठ कार्यकारी निर्माता, रोजन श्रेष्ठ निर्माता, ग्याल्जेन लामा र बालकृष्ण पाख्रिन सहनिर्माता रहेको चलचित्रमा बुद्धि तामाङ, शिशिर वाङ्देल, रवीन्द्र झा लगायतका कलाकार हरुको अभिनय रहेको छ।

Published Date: 27 January 2023
ताजा
बुधबार नेप्से परिसूचक १३.९५ अंकले घट्यो
यस्ता लक्षण देखिए थाइराइडको समस्या हुन सक्छ
ब्रेन ट्युमरको सफल शल्यक्रियापछि दीपा श्री निरौला डिस्चार्ज हुँदै
अब बिना सूचना ‘झ्याप-झ्याप’ बिजुली जाने अवस्थाको अन्त्य गर्ने तयारी, प्राधिकरणको २६ बुँदे सुधार योजना सार्वजनिक


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय