पाकिस्तानको मुद्रा दर अहिलेसम्मकै कमजोर

पाकिस्तानको मुद्रा दर अहिलेसम्मकै कमजोर : Icon Khabar

काठमाडौँ, माघ १३ । पाकिस्तानको मुद्रा बिहीबार अमेरिकी डलरको तुलनामा  २५५ को रेकर्ड न्यूनमा झरेको छ। पाकिस्तानी रुपैयाँ ₹ २४ ले घट्यो र १ बजे अमेरिकी डलरको तुलनामा ₹ २५५ मा व्यापार भइरहेको थियो। यो दर अहिलेसम्मकै सबैभन्दा कमजोर हो।

देशका कतिपय ठाउँमा एक प्याकेट पिठो तीन हजारसम्ममा बिक्री भइरहेको छ । खानाको लागि लडिरहेका र खानाको ट्रकलाई पछ्याउने मानिसहरूको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।

सरकारले पनि बजारमा देखिएको अराजकता नियन्त्रणका लागि भन्दै अन्तरबैंक दर स्थिर राखेको थियो । एक्सचेन्ज कम्पनीले कालोबजारी, अन्तरबैंक र खुलाबजारमा देखिएको भाउको अन्तर अन्त्य गर्ने आफूहरूको उद्देश्य भएको जनाएका थिए । पाकिस्तानमा कम विदेशी मुद्रा रिजर्भले ठूलो खाद्य मुद्रास्फीति निम्त्याएको छ। पाकिस्तानी अर्थमन्त्री इसहाक डारले नियुक्तिलगत्तै डलरको मूल्य २०० रुपैयाँभन्दा नबढ्ने दाबी गरेका थिए ।

Published Date: 27 January 2023
ताजा
बुधबार नेप्से परिसूचक १३.९५ अंकले घट्यो
यस्ता लक्षण देखिए थाइराइडको समस्या हुन सक्छ
ब्रेन ट्युमरको सफल शल्यक्रियापछि दीपा श्री निरौला डिस्चार्ज हुँदै
अब बिना सूचना ‘झ्याप-झ्याप’ बिजुली जाने अवस्थाको अन्त्य गर्ने तयारी, प्राधिकरणको २६ बुँदे सुधार योजना सार्वजनिक


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय