पाकिस्तानको मुद्रा दर अहिलेसम्मकै कमजोर

पाकिस्तानको मुद्रा दर अहिलेसम्मकै कमजोर : Icon Khabar

काठमाडौँ, माघ १३ । पाकिस्तानको मुद्रा बिहीबार अमेरिकी डलरको तुलनामा  २५५ को रेकर्ड न्यूनमा झरेको छ। पाकिस्तानी रुपैयाँ ₹ २४ ले घट्यो र १ बजे अमेरिकी डलरको तुलनामा ₹ २५५ मा व्यापार भइरहेको थियो। यो दर अहिलेसम्मकै सबैभन्दा कमजोर हो।

देशका कतिपय ठाउँमा एक प्याकेट पिठो तीन हजारसम्ममा बिक्री भइरहेको छ । खानाको लागि लडिरहेका र खानाको ट्रकलाई पछ्याउने मानिसहरूको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।

सरकारले पनि बजारमा देखिएको अराजकता नियन्त्रणका लागि भन्दै अन्तरबैंक दर स्थिर राखेको थियो । एक्सचेन्ज कम्पनीले कालोबजारी, अन्तरबैंक र खुलाबजारमा देखिएको भाउको अन्तर अन्त्य गर्ने आफूहरूको उद्देश्य भएको जनाएका थिए । पाकिस्तानमा कम विदेशी मुद्रा रिजर्भले ठूलो खाद्य मुद्रास्फीति निम्त्याएको छ। पाकिस्तानी अर्थमन्त्री इसहाक डारले नियुक्तिलगत्तै डलरको मूल्य २०० रुपैयाँभन्दा नबढ्ने दाबी गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 27 January 2023
Website | + posts


ताजा
फिल्म ‘चिट्ठी’ को ट्रेलर सार्वजनिक
आइतबार सुनको मूल्य तोलामा २३ सय रुपैयाँले बढ्यो
डा. सन्दीप भण्डारी : नेपालको पहिलो रोबोटिक-असिस्टेड घुँडा र हिप रिप्लेसमेन्ट सर्जन
मल्लकालमा भक्तपुरको खानेपानी आपूर्ति गर्नका लागि बनाइएको मुहान पोखरी (फोटो फिचर)


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू