शाहरुख खानको “पठान” ले कमायो दुइ दिनमै १२७ करोड भारु

शाहरुख खानको “पठान” ले कमायो दुइ दिनमै १२७ करोड भारु : Icon Khabar

काठमाडौं, माघ १३ । शाहरुख खान, दीपिका पादुकोण र जोन अब्राहमको प्रमुख भूमिका रहेको हिन्दी चलचित्र ‘पठान’ले लगातार रेकर्ड ब्रेक गरिरहेको छ। बुधबार रिलिज भएको यो चलचित्रले बलिउडमा अहिलेसम्मकै धेरै ओपनिङ गरेको हो। बिहिबार मात्रै यस चलचित्रले ७० करोड भारु कमायो । दुई दिनमै फिल्मको कमाइ १२७ करोड भारु पुगेको छ ।

बुधबार पठानले भारतमा ५५ करोड भारु ओपनिङ गरेको थियो । दुई दिनमै फिल्मले सय करोड भारु कमाउन सक्यो । बक्स अफिस इण्डियाका अनुसार दोस्रो दिन फिल्मको कमाइमा उछाल आएको थियो ।

उक्त वेबसाइटले भनेको छ, ‘पहिलो दिनमा दुईपटक ५० करोडको नेट मार्क तोडेर ७० करोडको नजिक पुग्ने यसअघि कुनै फिल्म छैनन् ।’

Published Date: 27 January 2023
ताजा
बुधबार नेप्से परिसूचक १३.९५ अंकले घट्यो
यस्ता लक्षण देखिए थाइराइडको समस्या हुन सक्छ
ब्रेन ट्युमरको सफल शल्यक्रियापछि दीपा श्री निरौला डिस्चार्ज हुँदै
अब बिना सूचना ‘झ्याप-झ्याप’ बिजुली जाने अवस्थाको अन्त्य गर्ने तयारी, प्राधिकरणको २६ बुँदे सुधार योजना सार्वजनिक


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय