काठमाडौं, माघ १३ । शाहरुख खान, दीपिका पादुकोण र जोन अब्राहमको प्रमुख भूमिका रहेको हिन्दी चलचित्र ‘पठान’ले लगातार रेकर्ड ब्रेक गरिरहेको छ। बुधबार रिलिज भएको यो चलचित्रले बलिउडमा अहिलेसम्मकै धेरै ओपनिङ गरेको हो। बिहिबार मात्रै यस चलचित्रले ७० करोड भारु कमायो । दुई दिनमै फिल्मको कमाइ १२७ करोड भारु पुगेको छ ।
बुधबार पठानले भारतमा ५५ करोड भारु ओपनिङ गरेको थियो । दुई दिनमै फिल्मले सय करोड भारु कमाउन सक्यो । बक्स अफिस इण्डियाका अनुसार दोस्रो दिन फिल्मको कमाइमा उछाल आएको थियो ।
उक्त वेबसाइटले भनेको छ, ‘पहिलो दिनमा दुईपटक ५० करोडको नेट मार्क तोडेर ७० करोडको नजिक पुग्ने यसअघि कुनै फिल्म छैनन् ।’