नाजिर हुसेनको नयाँ नेपाली फिल्म ‘गुलावी’ को पोस्टर सार्वजनिक

नाजिर हुसेनको नयाँ नेपाली फिल्म ‘गुलावी’ को पोस्टर सार्वजनिक : Icon Khabar

काठमाडौं, माघ १३ । कलाकार नाजिर हुसेनको मुख्य अभिनय रहेको नयाँ नेपाली फिल्म ‘गुलावी’ को पहिलो पोस्टर सार्वजनिक भएको छ । महिला निर्देशक समुन्द्र भट्टको निर्देशनमा तयार भएको फिल्ममा अभिनेता नाजिर हुसेन ट्रान्सवुमनको भूमिकामा प्रस्तुत भएका छन् ।

सार्वजनिक पोष्टरमा नाजिरलाई गाजल, टिकी र नथिया लुकमा गम्भिर भएको देख्न सकिन्छ । नेपालमा पहिलो पटक पूर्ण रुपमा ट्रान्स स्टोरीमा निर्मित यस फिल्मका लागि नाजिरले १६ केजी तौल समेत घटाएका छन् ।

यो फिल्ममा नाजिर गुलावी पात्रको मुख्य भूमिकामा देखिनेछन् भने अभिनेत्री संचिता लुइँटेलका साथमा सुशिल सिटौला, राजकुमार घोष, शिशिर राणा, अनुपम श्रेष्ठ, विशाल पहारी लगायतका कलाकार पनि यस सिनेमा देख्न सकिन्छ ।

द स्काइ ओसन इन्टरटेन्मेन्टको ब्यानरमा निर्मित गुलावीलाई आलोक शुक्लाले छायांकन गरेका हुन् भने संगीत भने लेखु सहयात्री र सान भुषालले भरेका छन् ।

Published Date: 27 January 2023






ताजा
गएराति भक्तपुरको ख्वप्रिङ इङ्गलिस एकेडेमीमा आगलागी हुँदा लाखौं रुपैयाँ बराबरको क्षति
भक्तपुरमा खुकुरी प्रहार गरी श्रीमतीको हत्या, छोरा घाइते
कोरला नाका हुँदै भित्रिएका ठूलो संख्याका विद्युतीय सवारीसाधन सरकारी नियन्त्रणमा
नेपाली बजारमा आज सुनको भाउमा सामान्य गिरावट


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुरको युनिटी इङ्ग्लिस स्कुलका विशाल थापाले एसईई २०८२ मा ल्याए ४ जीपीए
सूर्योदय सेकेण्डरी स्कूल : उज्यालो भविष्यको भरोसायोग्य शैक्षिक केन्द्र
शनिबार भक्तपुर नगर परिक्रमा गर्दै मोडर्न स्कूल/कलेजको हेरिटेज वाकाथुन सम्पन्न