नाजिर हुसेनको नयाँ नेपाली फिल्म ‘गुलावी’ को पोस्टर सार्वजनिक

नाजिर हुसेनको नयाँ नेपाली फिल्म ‘गुलावी’ को पोस्टर सार्वजनिक : Icon Khabar

काठमाडौं, माघ १३ । कलाकार नाजिर हुसेनको मुख्य अभिनय रहेको नयाँ नेपाली फिल्म ‘गुलावी’ को पहिलो पोस्टर सार्वजनिक भएको छ । महिला निर्देशक समुन्द्र भट्टको निर्देशनमा तयार भएको फिल्ममा अभिनेता नाजिर हुसेन ट्रान्सवुमनको भूमिकामा प्रस्तुत भएका छन् ।

सार्वजनिक पोष्टरमा नाजिरलाई गाजल, टिकी र नथिया लुकमा गम्भिर भएको देख्न सकिन्छ । नेपालमा पहिलो पटक पूर्ण रुपमा ट्रान्स स्टोरीमा निर्मित यस फिल्मका लागि नाजिरले १६ केजी तौल समेत घटाएका छन् ।

यो फिल्ममा नाजिर गुलावी पात्रको मुख्य भूमिकामा देखिनेछन् भने अभिनेत्री संचिता लुइँटेलका साथमा सुशिल सिटौला, राजकुमार घोष, शिशिर राणा, अनुपम श्रेष्ठ, विशाल पहारी लगायतका कलाकार पनि यस सिनेमा देख्न सकिन्छ ।

द स्काइ ओसन इन्टरटेन्मेन्टको ब्यानरमा निर्मित गुलावीलाई आलोक शुक्लाले छायांकन गरेका हुन् भने संगीत भने लेखु सहयात्री र सान भुषालले भरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 27 January 2023
Website | + posts


ताजा
फिल्म ‘चिट्ठी’ को ट्रेलर सार्वजनिक
आइतबार सुनको मूल्य तोलामा २३ सय रुपैयाँले बढ्यो
डा. सन्दीप भण्डारी : नेपालको पहिलो रोबोटिक-असिस्टेड घुँडा र हिप रिप्लेसमेन्ट सर्जन
मल्लकालमा भक्तपुरको खानेपानी आपूर्ति गर्नका लागि बनाइएको मुहान पोखरी (फोटो फिचर)


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू