सुन तोलामा एक हजार १०० रुपैयाँले गिरावट

सुन तोलामा एक हजार १०० रुपैयाँले गिरावट : Icon Khabar

काठमाडौँ, माघ १३ । बिहीबार हालसम्मकै सर्वाधिक महंगो भएको सुन शुक्रबार भने सस्तिएको छ। आज सुन तोलामा एक हजार १०० रुपैयाँले गिरावट भएको हो । चाँदीको भाउ भने यस दिन स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख पाँच हजार ८०० रुपैयाँमा झरेको छ । यस्तै, तेजाबी सुन प्रतितोला एक लाख पाँच हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुन तोलामा ७०० रुपैयाँले बढेर प्रतितोला एक लाख ६ हजार ९०० रुपैयाँको उच्च स्तरमा पुगेको थियो ।

साताको अन्तिम कारोबार दिन, चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी प्रतितोला एक हजार ३८० रुपैयाँ कायम रहेको छ ।

हिजो चाँदीको मूल्य वृद्धि भएको थियो । हिजो चाँदी प्रतितोला १५ रुपैयाँले उकालो लागेको थियो ।

Published Date: 27 January 2023






ताजा
गएराति भक्तपुरको ख्वप्रिङ इङ्गलिस एकेडेमीमा आगलागी हुँदा लाखौं रुपैयाँ बराबरको क्षति
भक्तपुरमा खुकुरी प्रहार गरी श्रीमतीको हत्या, छोरा घाइते
कोरला नाका हुँदै भित्रिएका ठूलो संख्याका विद्युतीय सवारीसाधन सरकारी नियन्त्रणमा
नेपाली बजारमा आज सुनको भाउमा सामान्य गिरावट


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुरको युनिटी इङ्ग्लिस स्कुलका विशाल थापाले एसईई २०८२ मा ल्याए ४ जीपीए
सूर्योदय सेकेण्डरी स्कूल : उज्यालो भविष्यको भरोसायोग्य शैक्षिक केन्द्र
शनिबार भक्तपुर नगर परिक्रमा गर्दै मोडर्न स्कूल/कलेजको हेरिटेज वाकाथुन सम्पन्न