अशोक शेरचन पुनः प्रभु बैंकको सीईओमा नियुक्त

अशोक शेरचन पुनः प्रभु बैंकको सीईओमा नियुक्त : Icon Khabar

काठमाडौँ, माघ १३ । प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पुनः अशोक शेरचन नियुक्त भएका छन् । बिहीबार बसेको बैंक सञ्चालक समिति बैठकले शेरचनलाई पुनः ४ वर्षका लागि सीईओमा नियुक्त गरेको हो ।

२०७५ माघ १८ गते नै बैंकको सीईओ नियुक्त भएका शेरचनलाई बैठकले पुनः सीईओ नियुक्त गरेको बैंकका अध्यक्ष लीलाप्रकाश सिटौलाले बताए । तत्कालीन प्रभु विकास बैंकका सीईओ भएका शेरचन समस्याग्रस्त किष्ट बैंक र ग्राण्ड बैंकलाई प्राप्त गरेर प्रभु विकास बैंक हुँदै प्रभु बैंकमा स्तरोन्नतिका लागि आफ्नो व्यवस्थापकीय नेतृत्वमा लिएर बैंकलाई प्रतिस्पर्धी र सबल बनाउन सफल भएका छन् ।

तत्कालीन किष्ट बैंक, प्रभु विकास बैंक, गौरीशंकर डेभलपमेन्ट बैंक र जेनिथ फाइनान्स मर्ज गरी प्रभु बैंकको नामबाट कारोबार सुरु भएको थियो । जुन बेला शेरचन दोस्रो वरीयतामा रहेको र सोही वर्ष कात्तिकमा सीईओ कुमार लम्सालले जिम्मेवारी छाडेपछि अशोकले सीईओमा नियुक्त भएका थिए। पाएका थिए ।त्यस पछि प्रभुले ग्राण्ड बैंक , नेपाल विकास बैंकलाई समेत समाहित गरेर लगातार अशोक प्रभु बैंकको सीईओ छ ।

दुई साताअघि सेञ्चुरी कमर्शियल बैंकलाई प्रभुमा समाहित गरेपछि अशोक तेस्रो कार्यकालका लागि सीईओ बनेका हुन् । सेञ्चुरीलाई आफूमा समाहित गरेपछि प्रभु झनै ठूलो वाणिज्य बैंक भएको छ । मर्जपछि चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंकको चुक्ता पुँजी बढेर २३ अर्ब ५४ करोड २४ लाख रुपैयाँ पुगेको छ भने रिजर्भको आकार बढेर ९ अर्ब रुपैयाँ पुगेको छ ।

Published Date: 27 January 2023
ताजा
बुधबार नेप्से परिसूचक १३.९५ अंकले घट्यो
यस्ता लक्षण देखिए थाइराइडको समस्या हुन सक्छ
ब्रेन ट्युमरको सफल शल्यक्रियापछि दीपा श्री निरौला डिस्चार्ज हुँदै
अब बिना सूचना ‘झ्याप-झ्याप’ बिजुली जाने अवस्थाको अन्त्य गर्ने तयारी, प्राधिकरणको २६ बुँदे सुधार योजना सार्वजनिक


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय