अशोक शेरचन पुनः प्रभु बैंकको सीईओमा नियुक्त

अशोक शेरचन पुनः प्रभु बैंकको सीईओमा नियुक्त : Icon Khabar

काठमाडौँ, माघ १३ । प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पुनः अशोक शेरचन नियुक्त भएका छन् । बिहीबार बसेको बैंक सञ्चालक समिति बैठकले शेरचनलाई पुनः ४ वर्षका लागि सीईओमा नियुक्त गरेको हो ।

२०७५ माघ १८ गते नै बैंकको सीईओ नियुक्त भएका शेरचनलाई बैठकले पुनः सीईओ नियुक्त गरेको बैंकका अध्यक्ष लीलाप्रकाश सिटौलाले बताए । तत्कालीन प्रभु विकास बैंकका सीईओ भएका शेरचन समस्याग्रस्त किष्ट बैंक र ग्राण्ड बैंकलाई प्राप्त गरेर प्रभु विकास बैंक हुँदै प्रभु बैंकमा स्तरोन्नतिका लागि आफ्नो व्यवस्थापकीय नेतृत्वमा लिएर बैंकलाई प्रतिस्पर्धी र सबल बनाउन सफल भएका छन् ।

तत्कालीन किष्ट बैंक, प्रभु विकास बैंक, गौरीशंकर डेभलपमेन्ट बैंक र जेनिथ फाइनान्स मर्ज गरी प्रभु बैंकको नामबाट कारोबार सुरु भएको थियो । जुन बेला शेरचन दोस्रो वरीयतामा रहेको र सोही वर्ष कात्तिकमा सीईओ कुमार लम्सालले जिम्मेवारी छाडेपछि अशोकले सीईओमा नियुक्त भएका थिए। पाएका थिए ।त्यस पछि प्रभुले ग्राण्ड बैंक , नेपाल विकास बैंकलाई समेत समाहित गरेर लगातार अशोक प्रभु बैंकको सीईओ छ ।

दुई साताअघि सेञ्चुरी कमर्शियल बैंकलाई प्रभुमा समाहित गरेपछि अशोक तेस्रो कार्यकालका लागि सीईओ बनेका हुन् । सेञ्चुरीलाई आफूमा समाहित गरेपछि प्रभु झनै ठूलो वाणिज्य बैंक भएको छ । मर्जपछि चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंकको चुक्ता पुँजी बढेर २३ अर्ब ५४ करोड २४ लाख रुपैयाँ पुगेको छ भने रिजर्भको आकार बढेर ९ अर्ब रुपैयाँ पुगेको छ ।

Published Date: 27 January 2023
Website | + posts




















ताजा
तीन वर्षदेखि अधुरै चाँगुनारायण प्रवेशद्वार, आक्रोशित स्थानीयले गरे सडक अवरुद्ध
काठमाडौँ फिल्म फेस्टिभलमा कलाकार होइन, पहुँचको प्रदर्शन ! निम्तो पाउन ‘हैसियत’ चाहिने हो ?
एकदुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ: प्रधानमन्त्री बालेन शाह
दराज ११.११ “वर्षकै सबैभन्दा ठूलो सेल” आज राति ८ बजेदेखि प्रारम्भ हुँदै


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक
परम्परागत बाजा बजाउन हाकुपतासीसँग कालो टोपी र सेतो फेटा (बेताली) कति उचित?