सङ्घीय संसदअन्तर्गतको राष्ट्रिय सभाको बैठक आज बस्दै

सङ्घीय संसदअन्तर्गतको राष्ट्रिय सभाको बैठक आज बस्दै : Icon Khabar

काठमाडौं, माघ १३ । सङ्घीय संसदअन्तर्गतको राष्ट्रिय सभाको बैठक आज बस्दैछ । बैठक अपराह्न ३ बजेर ५९ मिनेटमा बस्ने कार्यतालिकामा उल्लेख छ।

आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनालले नेपाल विश्वविद्यालय विधेयक, २०७९ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यतालिका रहेको छ ।

Published Date: 27 January 2023