काठमाडौं, माघ ११। सभामुख देवराज घिमिरे र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच बुधबार शिष्टाचार भेट भएको छ।
सिंहदरबारस्थित सभामुख घिमिरेको कार्यकक्षमा भएको भेटवार्तामा दुई देशको सम्बन्ध, आपसी हितलगायतका विषयमा विचार विमर्श भएको सङ्घीय संसद् सचिवालयले जनाएको छ। सो भेटमा राजदूत श्रीवास्तवले सभामुखलाई बधाइ ब्यक्त गरेका थिए।
Published Date: 25 January 2023