तपाईंको सम्बन्ध खतरामा त छैन ? यसरी पहिचान गरौं पाटनरको प्रवृत्ति

तपाईंको सम्बन्ध खतरामा त छैन ? यसरी पहिचान गरौं पाटनरको प्रवृत्ति : Icon Khabar

काठमाडौँ, माघ ११ । तपाईं प्रेममा पर्नुभएको छ ? कसैसँग डेट गरिरहनुभएको छ ? कसैप्रति आकषिर्त हुनुभएको पो छ कि ? प्रेम एक भावनात्मक अनुभूतिको अवस्था हो । प्रेम गरिदैन, आफै प्रकट हुन्छ । जब कोही व्यक्ति कसैको प्रेममा पर्छन्, उनले आफुलाई निश्चिन्त महसुष गर्छन् । उनलाई लाग्न थाल्छ कि, कोही त छन् उनको सुख दुःखमा साथ दिने ।

तर, प्रेम सम्बन्ध सधै मिठासपूर्ण रहँदैन । कहिले काहीँ यसले तीतो अनुभव पनि गराउँछ । हुन त प्रेम सम्बन्धमा सानोतिनो खटपट आउनु सामान्य हो । यद्यपी त्यही खटपट बढ्दै गएमा त्यसले बे्रकअपको अवस्थामा पुर्‍याउँछ । त्यसैले प्रेम सम्बन्धलाई सुमधुर र बलियो बनाउनका लागि एकअर्काको भावनालाई बुझ्नुपर्छ । प्रेमलाई हामी विवाहको पहिलो खुड्किलो मान्छौं । अतः हाम्रो धारणामा प्रेमको गन्तव्य विवाह हो । यसर्थ प्रेम गरिरहँदा नै आफ्नो पार्टनर कस्ता हुन् भन्ने कुरा बुझ्न सकिन्छ । के आफ्ना पार्टनरले आफुलाई जीवनभर साथ दिन सक्छन् ? सहयोग गर्न सक्छन् ?

१. प्रेम सम्बन्धमा थोर बहुत इष्र्या हुन्छ। सानोतिनो इष्र्याले सम्बन्धलाई मसलेदार बनाउँछ । तर, यो त्यस किसिमको नुन जस्तै हो, जो धेरै भएमा स्वाद बिग्रन्छ । यद्यपी तपाईंको पार्टनर अत्याधिक इष्र्यालु छन् भने तपाईंको सम्बन्धका लागि यो राम्रो संकेत होइन ।

२. तपाईंको पार्टनर तपाईंको प्राजेक्ट र लक्ष्यको बारेमा के सोच्छन् ?
के ऊ नै तपाईंको जीवनको सबै निर्णय लिन्छन् ? तपाईंले के गर्ने/के गर्ने भन्ने कुरा पार्टनरले नै तय गर्छन् ? यस किसिमको सम्बन्धले तपाईंलाई रोबोट बनाउँछ । यसबाट जति सक्दो अलग हुनु नै राम्रो ।

३. यस्ता पार्टनर सबैभन्दा खतरनाक हुन्छ, जसलाई पटक पटक अनुभूत गराउनुपर्ने आवश्यक्ता हुन्छ कि तपाईं उनलाई प्रेम गर्नुहुन्छ । तपाईं चाहे जे सुकै गर्नुहोस्, तर असुरक्षाको भावना राख्ने व्यक्तिलाई विश्वास दिलाउन निकै कठिन हुन्छ ।

४. यस्ता पार्टनरसँग जीवन विताउनु पनि निकै गाह्रो हुन्छ जो हरेक काममा पूर्णताको अपेक्षा गर्छन् ।
कुनैपनि कुरामा पूर्णता खोज्नु आफैमा नराम्रो होइन । तर, यसले तपाईंको कामप्रति पार्टनरले गुनासो गर्ने ठाउँ सधै रहन्छ । यसले प्रेमको सम्बन्ध पनि बोझिलो बन्छ ।

५. यदि तपाईंको पार्टनर भौतिक सुखलाई लिएर बढी नै सक्रिय हुन्छन् भने तपाईंले उक्त पार्टनरसँग सुखमय जीवन विताउन सक्नुहुन्न । अति कुनैपनि कुरामा राम्रो हुँदैन । पैसालाई महत्व दिने पार्टनरले सम्बन्धमा खास ध्यान दिदैन ।

६. यदि कुनै काम बिग्रन्छ वा केही गल्ती हुन्छ, तब तपाईंका पार्टनर सबै दोष तपाईंमाथि थोपर्छन् । यस्ता व्यक्ति गैर जिम्मेवार र कमजोर हुन्छन्, जो आफ्नो गल्ती स्विकार्न डराउँछन् । आरोप लगाउनु उनीहरुको सबैभन्दा सजिलो काम हो । यसरी अर्कामाथि दोष थोपरेर उनीहरु आफुलाई सुरक्षित महसुष गर्छन् । यदि तपाईंको पार्टनर झुट बोल्छन् भने जति सक्दो पार्टनरसँग दुरी बढाएकै राम्रो । झुट चाहे सानो होस् वा ठूलो, त्यसले सम्बन्ध कमजोर बनाइदिन्छ ।

Published Date: 25 January 2023






ताजा
गएराति भक्तपुरको ख्वप्रिङ इङ्गलिस एकेडेमीमा आगलागी हुँदा लाखौं रुपैयाँ बराबरको क्षति
भक्तपुरमा खुकुरी प्रहार गरी श्रीमतीको हत्या, छोरा घाइते
कोरला नाका हुँदै भित्रिएका ठूलो संख्याका विद्युतीय सवारीसाधन सरकारी नियन्त्रणमा
नेपाली बजारमा आज सुनको भाउमा सामान्य गिरावट


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुरको युनिटी इङ्ग्लिस स्कुलका विशाल थापाले एसईई २०८२ मा ल्याए ४ जीपीए
सूर्योदय सेकेण्डरी स्कूल : उज्यालो भविष्यको भरोसायोग्य शैक्षिक केन्द्र
शनिबार भक्तपुर नगर परिक्रमा गर्दै मोडर्न स्कूल/कलेजको हेरिटेज वाकाथुन सम्पन्न