तारकेश्वरमा उच्च क्षमताको सवस्टेशन निर्माण हुने

तारकेश्वरमा उच्च क्षमताको सवस्टेशन निर्माण हुने : Icon Khabar
प्रतीकात्मक तस्बिर

काठमाडौं, माघ ११ । विद्युत् प्राधिकरणले काठमाडौको तारकेश्वर नगरपालिकामा उच्च क्षमताको सवस्टेशन निर्माण गर्ने भएको छ । काठमाडौ उपत्यकाको विद्युत् वितरण प्रणालीलाई व्यवस्थित बनाउने लक्ष्यका साथ प्राधिकरणले तारकेश्वर नगरपालिकामा उच्च क्षमताको सवस्टेशन निर्माण गर्ने भएको हो ।

नियमित रुपमा उच्च भोल्टेजको बिजुली आपूर्ति गर्न तथा आकस्मिक रुपमा हुने विद्युत् अनियमितताको कम गर्न सवस्टेशन निर्माण गर्न लागिएको हो । आगामी ३० वर्षसम्म काठमाडौं उपत्यकाभित्र बिजुलीको माग सहजपूर्वक आपूर्ति गर्न ‘रिङ सर्किट’ निर्माण गर्ने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । यस्तै नदी किनारै किनार एक सय ३२ केभी क्षमताका प्रसारण लाइन बनाइने उनको भनाइ छ । उपत्यकाका तीन जिल्ला र काभ्रेपलान्चोकमा समेत भरपर्दो र गुणस्तरीय बिजुली प्रवाहका लागि नयाँ सवस्टेशन निर्माण गर्न लागिएको हो ।

प्रसारण पूर्वाधार तथा सवस्टेशनको अभावमा काठमाडौंमा बाध्यकारी रुपमा लोडसेडिङ हुन सक्ने अवस्था सिर्जना भएको प्राधिकरणको भनाइ छ । उपत्यकाभित्र कुल ६६ केभीदेखि दुई सय २० केभी क्षमताका प्रसारण लाइन तथा सवस्टेशन निर्माण गर्नुपर्ने भएकाले विद्यमान प्रसारण लाइन तथा सवस्टशेनको संरचनागत सुधार, स्तरोन्नति एवं बिस्तार गर्ने तयारी पनि तीव्र गतिमा अगाडि बढाइएको हो ।

सोही क्रममा साविकको जितपुरफेदी गाविसको वडा नं ५ र गोलढुङ्गा गाविसको ३ मा २२०/१३२/६६/११ केभी क्षमताको सवस्टेशन निर्माण गर्न लागिएको छ । सो सवस्टेशन निर्माणका लागि आवश्यक पर्ने जग्गा प्राप्तिका लागि प्राधिकरणले आज सूचना प्रकाशित गरेको छ । जग्गा प्राप्ति ऐन, २०३४ को दफा ९ अनुसार कूल ६१ परिवारको जग्गा अधिग्रहण गर्नुपर्ने प्राधिकरणको सूचनामा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 25 January 2023
Website | + posts