अमेरिकामा फेरी तीन जनाको गोली हानी हत्या

अमेरिकामा फेरी तीन जनाको गोली हानी हत्या : Icon Khabar

सान फ्रान्सिस्को, माघ ११ । (सिन्ह्वा) अमेरिकामा मङ्गलबार पनि अर्को गोलीकाण्ड भएको छ । एक जनाले गोली हानेर तीन जनाको हत्या गरेको समाचारमा जनाइएको छ । एक पसलमा गोली हानेर ती व्यक्तिले तीन जनाको हत्या गरेको समाचारमा जनाइएको छ । अमेरिकाको वासिङ्टन राज्यको याकिमामा रहेको सो पसलमा एक जना व्यक्तिले गोली प्रहार गरेका थिए ।

गोली प्रहार गर्नुअघि सो पसलमा कुनै पनि विवाद नदेखिएको तर अकस्मात् गोली हानेर पसलमा रहेका तीन जनाको हत्या गरेको पसलमा उपलब्ध सिसी क्यामेराका फुटेजमा देखिएको प्रहरीले बताएको छ । पसलमा आएका व्यक्ति यसो यताउता गरेको र पछि आफ्नो साथमा रहेको गोली झिकेर अकस्मात् प्रहार गरेको देखिएको प्रहरीले जनाएको छ ।

गोली प्रहार गरेपछि सो व्यक्ति कार चलाएर गएको प्रहरीको भनाई छ । केही दिनमात्र अघि अमेरिकाको क्यालिफोर्नियामा भएको यस्तै अर्को एक गोलीकाण्डमा परेर १० जनाको ज्यान गएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 25 January 2023
Website | + posts




ताजा
बुधबार नेप्से परिसूचकमा गिरावट
राष्ट्रपति कार्यालयबाट दोलखास्थित ऐतिहासिक भीमेश्वर मन्दिरमा क्षमा पूजा
प्रधानमन्त्रीको आह्वानमा आज हुने त्रिपक्षीय छलफलमा जेनजी समूहबाट १४ जना प्रतिनिधिको सहभागिता हुने
सरकारले सबै सार्वजनिक संस्थानलाई कम्पनीमा परिणत गर्ने


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने