अमेरिकामा फेरी तीन जनाको गोली हानी हत्या

अमेरिकामा फेरी तीन जनाको गोली हानी हत्या : Icon Khabar

सान फ्रान्सिस्को, माघ ११ । (सिन्ह्वा) अमेरिकामा मङ्गलबार पनि अर्को गोलीकाण्ड भएको छ । एक जनाले गोली हानेर तीन जनाको हत्या गरेको समाचारमा जनाइएको छ । एक पसलमा गोली हानेर ती व्यक्तिले तीन जनाको हत्या गरेको समाचारमा जनाइएको छ । अमेरिकाको वासिङ्टन राज्यको याकिमामा रहेको सो पसलमा एक जना व्यक्तिले गोली प्रहार गरेका थिए ।

गोली प्रहार गर्नुअघि सो पसलमा कुनै पनि विवाद नदेखिएको तर अकस्मात् गोली हानेर पसलमा रहेका तीन जनाको हत्या गरेको पसलमा उपलब्ध सिसी क्यामेराका फुटेजमा देखिएको प्रहरीले बताएको छ । पसलमा आएका व्यक्ति यसो यताउता गरेको र पछि आफ्नो साथमा रहेको गोली झिकेर अकस्मात् प्रहार गरेको देखिएको प्रहरीले जनाएको छ ।

गोली प्रहार गरेपछि सो व्यक्ति कार चलाएर गएको प्रहरीको भनाई छ । केही दिनमात्र अघि अमेरिकाको क्यालिफोर्नियामा भएको यस्तै अर्को एक गोलीकाण्डमा परेर १० जनाको ज्यान गएको थियो ।

Published Date: 25 January 2023






ताजा
गएराति भक्तपुरको ख्वप्रिङ इङ्गलिस एकेडेमीमा आगलागी हुँदा लाखौं रुपैयाँ बराबरको क्षति
भक्तपुरमा खुकुरी प्रहार गरी श्रीमतीको हत्या, छोरा घाइते
कोरला नाका हुँदै भित्रिएका ठूलो संख्याका विद्युतीय सवारीसाधन सरकारी नियन्त्रणमा
नेपाली बजारमा आज सुनको भाउमा सामान्य गिरावट


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुरको युनिटी इङ्ग्लिस स्कुलका विशाल थापाले एसईई २०८२ मा ल्याए ४ जीपीए
सूर्योदय सेकेण्डरी स्कूल : उज्यालो भविष्यको भरोसायोग्य शैक्षिक केन्द्र
शनिबार भक्तपुर नगर परिक्रमा गर्दै मोडर्न स्कूल/कलेजको हेरिटेज वाकाथुन सम्पन्न