लगातार दोश्रो दिन पनि उकालो लाग्यो नेप्से परिसूचक, १०.३७ अंकले बढ्यो

लगातार दोश्रो दिन पनि उकालो लाग्यो नेप्से परिसूचक, १०.३७ अंकले बढ्यो : Icon Khabar

काठमाडौँ, माघ ११ । सेयर बजार लगातार दोस्रो दिन बढेको छ । बुधबार १०.३७ अंकले बढेको बजार २१८३.६२ विन्दुमा पुगेर रोकिएको हो । मंगलबार समेत बजार बढेको थियो । बुधबार दोस्रो बजारमा होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक बढेको छ। यस दिन सो उपसमूहको परिसूचक ३.६५ प्रतिशत अर्थात ११८.०२ अंक बढेर ३३४९.३८ विन्दुमा पुगेको छ।

जीवन बीमा र निर्जीवन बीमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ भने जलविद्युत, लघुवित्त र म्युचुअल फण्ड उपसमूहको त्यसैगरी ५ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यो संगै सेन्सेटिभ इण्डेक्स १.३० अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.७७ अंक बढेको छ। सेन्सेटिभ फ्लोट इण्डेक्स भने ०.२१ अंक घटेको छ।

बुधबार २६१ स्टकको ५४ हजार ३७७ पटकको कारोबारमा ३ अर्ब ४६ करोड ६५ लाख ८ हजार रुपैयाँ बराबरको ९५ लाख ३२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

Published Date: 25 January 2023
ताजा
देशभर मनसुनी वायुको प्रभाव: ६ प्रदेशका पहाडी भू-भागमा भारी वर्षाको सम्भावना
आज मंगलबारको राशिफल
भक्तपुर नगरपालिका- १ दुधपाटीस्थित लुम्बिनी गेष्ट हाउसमा बसेकी एक युवतीको मृत्यु
सोमबार नेप्से परिसूचक ४१.७० अंकले बढ्यो


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय