गृहमन्त्री लामिछाने र अमेरिकी राजदूत थम्पसनबीच शिष्टाचार भेट

गृहमन्त्री लामिछाने र अमेरिकी राजदूत थम्पसनबीच शिष्टाचार भेट : Icon Khabar

काठमाडौँ, माघ १० । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेसँग नेपालका लागि अमेरिकी राजदूत डीन आर थम्पसनले आज शिष्टाचार भेट गरेका छन् । गृह मन्त्रालयमा भएको भेटवार्तामा दुई देशबीचको सम्बन्ध र आपसी सहयोगलाई थप मजबुत बनाउने विषयमा विचारविमर्श भएको छ ।

गृहमन्त्रीको सचिवालयका अनुसार नेपालको पूर्वाधार विकासमा अमेरिकी सहयोग, शिक्षा र स्वास्थ्य क्षेत्रमा जनताको पहुँच वृद्धि, जलवायु परिवर्तनको असर न्यूनीकरण, ऊर्जा विकास र प्रविधि हस्तान्तरणलगायतका विषयमा छलफल भएको थियो । उक्त भेटमा अमेरिकी दूतावासका डेप्युटि चिफ अफ मिसन जेसन पी. मिक्स तथा प्रतिनिधिहरु तथा परराष्ट्र तथा गृह मन्त्रालयका अधिकारीहरुको समेत उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 24 January 2023
Website | + posts




ताजा
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
बुधबार नेप्से परिसूचक ४५.३६ अंकले घट्यो
चौधरी ग्रुपले शहिद परिवारका एक सदस्यलाई रोजगारी प्रदान गर्ने


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित
दिक्षा गौरी हाडाको स्मृतिमा ‘न भेटेर माया गर्न सक्छु’ गीत सार्वजनिक
उदयपुर U-18 क्रस कन्ट्री रेसमा भक्तपुरबाट आयुषको प्रतिनिधित्व हुने