गृहमन्त्री लामिछाने र अमेरिकी राजदूत थम्पसनबीच शिष्टाचार भेट

गृहमन्त्री लामिछाने र अमेरिकी राजदूत थम्पसनबीच शिष्टाचार भेट : Icon Khabar

काठमाडौँ, माघ १० । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेसँग नेपालका लागि अमेरिकी राजदूत डीन आर थम्पसनले आज शिष्टाचार भेट गरेका छन् । गृह मन्त्रालयमा भएको भेटवार्तामा दुई देशबीचको सम्बन्ध र आपसी सहयोगलाई थप मजबुत बनाउने विषयमा विचारविमर्श भएको छ ।

गृहमन्त्रीको सचिवालयका अनुसार नेपालको पूर्वाधार विकासमा अमेरिकी सहयोग, शिक्षा र स्वास्थ्य क्षेत्रमा जनताको पहुँच वृद्धि, जलवायु परिवर्तनको असर न्यूनीकरण, ऊर्जा विकास र प्रविधि हस्तान्तरणलगायतका विषयमा छलफल भएको थियो । उक्त भेटमा अमेरिकी दूतावासका डेप्युटि चिफ अफ मिसन जेसन पी. मिक्स तथा प्रतिनिधिहरु तथा परराष्ट्र तथा गृह मन्त्रालयका अधिकारीहरुको समेत उपस्थिति रहेको थियो ।

Published Date: 24 January 2023
ताजा
देशभर मनसुनी वायुको प्रभाव: ६ प्रदेशका पहाडी भू-भागमा भारी वर्षाको सम्भावना
आज मंगलबारको राशिफल
भक्तपुर नगरपालिका- १ दुधपाटीस्थित लुम्बिनी गेष्ट हाउसमा बसेकी एक युवतीको मृत्यु
सोमबार नेप्से परिसूचक ४१.७० अंकले बढ्यो


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय