आज सामान्य अंकले बढ्यो नेप्से

आज सामान्य अंकले बढ्यो नेप्से : Icon Khabar

काठमाडौं, माघ १०। आज नेप्से परिसूचक ८.१४ अंक बढेर २१७३.२४ विन्दुमा पुगेको छ। त्यसैगरी, सेन्सेटिभ इण्डेक्स २.५३ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.३४ अंक र सेन्सेटिभ इण्डेक्स ०.५० अंक बढेको छ।

नेप्से बढेपनि आज कारोबार रकम भने घटेको छ। अघिल्लो कारोबार दिन करिब ४ करोडको शेयर खरिदबिक्री भएको बजारमा आज २४८ स्टकको ५२ हजार ४६० पटकको कारोबारमा ३ अर्ब ३२ लाख ३० हजार रुपैयाँ बराबरको ८३ लाख कित्ता शेयर खरिदबिक्री भएको छ।

मंगलबार १३ उपसमूहमध्ये ९ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ४ उपसमूहको परिसूचक घटेको छ। आज अन्य उपसमूहको परिसूचक सर्वाधिक २.५१ अंक बढेको छ भने जलविद्युत उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन म्युचुअल फण्ड उपसमूहको परिसूचक सर्वाधिक २.१० प्रतिशत घटेको छ। बैंकिङ्ग, लगानी र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक यस दिन सामान्य अंक घटेको छ।

आज सानिमा जिआईसी इन्स्योरेन्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो इन्स्योरेन्सको शेयरमूल्य यस दिन ४० रुपैयाँ ४० पैसा बढेर ४४४ रुपैयाँ ६० पैसामा अन्तिम कारोबार भएको छ। त्यसैगरी, सूर्योदय लघुवित्त र शिवश्री हाइड्रोपावरको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको मैलुङ्ग खोला जलविद्युत कम्पनीको शेयरमूल्य आज सर्वाधिक ५.४८ प्रतिशत घटेको छ। त्यस्तै, एनएमबि हाइब्रिड फण्ड एल १ को इकाईमूल्य ५ प्रतशितभन्दा बढी घटेको छ।

कारोबार रकमका आधारमा आज नेपाल टेलिकम शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको करिब १३ करोडको शेयर कारोबार भएको छ। त्यसैगरी, आज शिवश्री हाइड्रोपावरको १० करोडभन्दा बढीको शेयर किनबेच भएको छ।

Published Date: 24 January 2023
ताजा
भक्तपुर नगरपालिका- १ दुधपाटीस्थित लुम्बिनी गेष्ट हाउसमा बसेकी एक युवतीको मृत्यु
सोमबार नेप्से परिसूचक ४१.७० अंकले बढ्यो
सरकारले सार्वजनिक बिदा पुनरावलोकन गर्ने
झ्याप–झ्याप बत्ती जाँदा भक्तपुरवासी आक्रोशित, ‘नो लाइट’ नम्बर पनि नलाग्ने


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय