विश्वमाझ नेपालको चिनारी दिने गुन्द्रुकको ईतिहास

गुन्द्रुक र सिन्कीको सर्वप्रथम उत्पति कीर्तिपुरमा

विश्वमाझ नेपालको चिनारी दिने गुन्द्रुकको ईतिहास : Icon Khabar

काठमाडौँ, माघ १० । कीर्तिपुरमा गोपालवंशकालदेखि नै बस्ती विकास भइसकेको थियो। पशुपतिको उत्पत्तिका बारेमा लेख्दा कीर्तिपुरमा रहेका ग्वालाको बहुर्हीस नामको गाईले दिनदिनै दूध चढाउन जाने गरेको उल्लेख हुन्छ । काठमाडौं उपत्यकाभित्र रहेका कान्तिपुर, ललितपुर र भक्तपुर भन्दा पहिलेका ठूलो प्राचीन सहर कीर्तिपुर थियो । भौगोलिक अवस्थितिका कारण यो सहरमाथि विजय प्राप्त गर्न पृथ्वीनारायण शाहलाई समेत धेरै धन, जन र १० वर्ष समय पनि खर्चिनुपरेको थियो।

कीर्तिपुर काठमान्डौं जिल्लाको दक्षिण पश्चिममा अवस्थीत महर्जनहरुको बाहुल्यता भएको एतिहासीक र पुरातात्वीक शहर हो । बिक्रम सम्वत् २०१४ सालमा कीर्तिपुर नगरबासिको एक मात्र कमाई खाने जमिन समेत दिएर नेपालकै पहिलो त्रिभुवन विश्वविधालय बन्नुमा कीर्तिपुर नगरबासिको ठुलो योगदान रहेकोछ । सास्कृतिक र परमपरागत जिवनशैलि र मैलिक परमपराहरुलाई आजको दिनसम्म जोगाई राख्न यहाका जनता सफल रहेकोछ ।

गुन्द्रुकको उत्पति :

बिक्रम सम्वत् १८१७ (नेपाल सम्वत् ८८१) मा गुन्द्रुकको उत्पति कीर्तिपुरबाट भएको भनिन्छ । पृथ्वीनारायण शाहले मकवानपुर विजय गरिसकेपछी आफु दहचोक बसी आफ्ना सेनाहरुलाई साधारण भेषमा राती-राती कसैले थाहा नै नपाउने गरी कीर्तिपुर नगर देखी बाहिरका खेतवारीका धान काटी थुपार्ने र मुला तोरी उखेली खाडल खनी माटोले पुरिदिने जस्ता कार्य गर्नका लागि खटाईएका थिए । कीर्तिपुरवासीहरुलाई खाना नखाई त्यसै भोक भोकै बस्न वाध्य गरी सताएपनि पराजित गर्ने कुटनीतिक अभियानकै एक अंगका रुपमा यस्तो काम गर्न गोर्खाली सेनाहरु खटाएका थिए ।

यस्तो घटना लगातार घट्न थालेपछि गोर्खालीहरुको चाल कीर्तिपुरवासीलाई थाहा भयो र राँको हातमा लिएर डाँडाबाट ओर्ली शत्रुसंग सामना गर्न तयार भए । तर डाँडाबाट ओर्लने क्रममा राँको टाढैबाट देखिने हुनाले कीर्तिपुरवासीहरु आएको थाहा पाउने बित्तिकै गोर्खालीहरु कसैले नदेख्ने गरी अन्तैतिर गई फेरी त्यस्तै कार्य दोहोराउँथे । यसरी बत्ती र उज्यालो बिना नै अँध्यारोमा हिड्न बानी परेका गोर्खालीहरुले कीर्तिपुरवासीलाई सताउन सम्म सत्ताएका थिए ।

अब कीर्तिपुरवासीहरु त्यो धान र तोरीको वास्ता नै नगरी रात दिन खेतीमारा अपराधीहरु पत्ता लगाउन हिड्न थाले । निकै प्रयास पछी मात्र थाहा भयो । त्यो सबै गोर्खालीहरुको काम रहेछ भन्ने कुरा । त्यसपछी खेतहरुमा भएको धान चाडै घर ल्याउने र खाडलमा पुरिराखेका मुला र तोरी खाडलबाट झिकी घर-घरमा ल्याएर सुकाउने प्रचलन कीर्तिपुरमा शुरु भयो ।

त्यसरी काँचैमा काटेर ल्याएको धान थुपारी कुटेकाले चामल कालो भयो । तोरीको साग सुकेर गुन्द्रुक भयो भने मुला सिन्की । त्यसपछि मात्र कीर्तिपुरवासीहरुले गुन्द्रुक र सिन्की बनाउन जाने । कालान्तरमा कीर्तिपुरवासीहरुको मात्र होइन सबैको लागी अत्यन्त मिठो र रुचिका परिकारका रुपमा गुन्द्रुक र सिन्कीको प्रचलन शुरु भयो ।

अर्को जनविश्वास :

कीर्तिपुरमा गोर्खालीले आक्रमण गरेको बेला जती पनि हरियो साग पात थियो सबै नष्ट हुन्छ भनेर कीर्तिपुरवासीहरुले सबै हरियो सागपात घ्याम्पोमा राखेर माटोले जमीन मुनि छोपिदिएको थियो । लडाई सकेपछि स्थानीयले राम्रो सुगन्ध महसुस गरे र माटो पुरेर हेर्दा खान लायक गुन्द्रुक बनिसकेको थियो । त्यसैले गुन्द्रुकको सिर्जना कीर्तिपुरबाट भएको भन्ने जनविश्वास रहेको छ। तर यस जनविश्वास मौखीक मात्र रहेको छ ।

लेख संकलन : निरज मान सिंह, कीर्तिपुर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
0
+1
3
+1
0
+1
0
Published Date: 24 January 2023
निरज मान सिंह
+ posts