साफ यू-१९ महिला च्याम्पियनसिपको दोस्रो खेलमा नेपालद्वारा भुटान पराजित

साफ यू-१९ महिला च्याम्पियनसिपको दोस्रो खेलमा नेपालद्वारा भुटान पराजित : Icon Khabar

काठमाडौँ, माघ २१ । साफ यू-१९ महिला च्याम्पियनसिपको दोस्रो खेलमा नेपालले जित निकालेको छ। आइतबार बंगालदेशमा भएको खेलमा नेपालले भुटानमाथि संघर्षपूर्ण १-० गोलको जित निकालेको हो।

नेपालको जितमा सेनु परियारले दोस्रो हाफमा गोल गरेकी थिइन्। यसअघि नेपाल आफ्नो पहिलो खेलमा नेपाल पराजित भएको थियो। शुक्रबार भएको खेलमा नेपाललाई आयोजक बंगलादेशले ३-१ गोलले पराजित गरेको थियो।

नेपाल, बंगलादेश, भारत र भुटान गरी चार टिमबीच भइरहेको प्रतियोगितामा नेपालले ‍अब मंगलबार भारतसँग खेल्नेछ। यसअघि भारतले पहिलो खेलमा भुटानलाई १०-० गोलले पराजित गरेको थियो।

समूहका शीर्ष दुई टिम फाइनलमा पुग्नेछन्।

Published Date: 04 February 2024


ताजा
विदेशी मुद्राको विनिमय : डलर, युरो र पाउन्डको भाउ कति?
देशभर मनसुनी वायुको प्रभाव: चार प्रदेशमा भारी वर्षाको सम्भावना
आज मंगलबारको राशिफल
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु