साफ यू-१९ महिला च्याम्पियनसिपको दोस्रो खेलमा नेपालद्वारा भुटान पराजित

साफ यू-१९ महिला च्याम्पियनसिपको दोस्रो खेलमा नेपालद्वारा भुटान पराजित : Icon Khabar

काठमाडौँ, माघ २१ । साफ यू-१९ महिला च्याम्पियनसिपको दोस्रो खेलमा नेपालले जित निकालेको छ। आइतबार बंगालदेशमा भएको खेलमा नेपालले भुटानमाथि संघर्षपूर्ण १-० गोलको जित निकालेको हो।

नेपालको जितमा सेनु परियारले दोस्रो हाफमा गोल गरेकी थिइन्। यसअघि नेपाल आफ्नो पहिलो खेलमा नेपाल पराजित भएको थियो। शुक्रबार भएको खेलमा नेपाललाई आयोजक बंगलादेशले ३-१ गोलले पराजित गरेको थियो।

नेपाल, बंगलादेश, भारत र भुटान गरी चार टिमबीच भइरहेको प्रतियोगितामा नेपालले ‍अब मंगलबार भारतसँग खेल्नेछ। यसअघि भारतले पहिलो खेलमा भुटानलाई १०-० गोलले पराजित गरेको थियो।

समूहका शीर्ष दुई टिम फाइनलमा पुग्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 04 February 2024
Website | + posts




ताजा
नगरकोटका गैरी खेत सुनौलो रङमा, पाकेका धान र फुलिएका तोरीले सजिएको गाउँ (फोटो फिचर )
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरको सुवर्णेश्वरबाट देखिएको तिहारको उज्यालोमा झकिझकायो काठमाडौं उपत्यका
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने