लगातार दोस्रो जितसँगै अष्ट्रेलियालाई ओडीआई सिरिज

लगातार दोस्रो जितसँगै अष्ट्रेलियालाई ओडीआई सिरिज : Icon Khabar

काठमाडौँ, माघ २१ । वेस्ट इन्डिजलाई दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा ८३ रनले हराउँदै अष्ट्रेलियाले एक खेल बाँकी रहँदै ३ खेलको ओडीआई सिरिज जितेको छ ।

पहिलो ओडीआईमा ८ विकेटको जित निकालेको अष्ट्रेलियाले सिड्नीमा आइतबार सन एबोटको अलराउन्ड प्रदर्शनमा जित दर्ता गरेको हो । ब्याटिङतर्फ ६३ बलमा ६९ रनको योगदन दिएका एबोटले बलिङतर्फ पनि ३ विकेट हात पारेका थिए ।

अष्ट्रेलियाले प्रस्तुत गरेको २ सय ५९ रनको लक्ष्य पछ्याउने क्रममा वेस्ट इन्डिजले १ सय ७५ रन जोड्दै सबै विकेट गुमाएको थियो । ४४ ओभरमै अलआउट भएको वेस्ट इन्डिजका लागि केसी कार्टिले सर्वाधिक ४० रनको योगदान दिएका थिए ।

टस हारेर ब्याटिङको निम्तो पाएको अष्ट्रेलिया एक समय ९१-५ को स्थितिमा थियो । तर तल्लोक्रममा एबोटसँगै म्याथ्यु सर्ट (४१), आरोन हार्डी (२६) र विल सदरल्याण्ड (१८) ले राम्रो ब्याटिङ गरे । शीर्षक्रमका क्यामरन ग्रीनले ३३ र मार्नस लाबूसेनले २६ रन बनाएका थिए ।

अब सिरिज क्लिनस्विपको निर्णयका लागि मंगलबार क्यानबेरामा तेस्रो खेल हुनेछ । यसअघि टेस्ट सिरिज भने १-१ को बराबरीमा सकिएको थियो ।–एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 04 February 2024
Website | + posts
ताजा
एनपीएल फाइनल : रोहित, शेर र ट्रम्पलम्यानको ३-३ विकेट, सुदूरपश्चिम ८५ रनमा अलआउट
भक्तपुरको त्रिशुलडाँडाबाट देखिएको मनमोहक हिमशृङ्खला ( फोटो फिचर )
काठमाडौं उपत्यकामा चिसो क्रमिक रूपमा बढ्दै
त्रिभुवन विश्वविद्यालयको ५१ औं दीक्षान्त समारोह आगामी पुस १० गते दशरथ रंगशालामा हुने


ट्रेन्डिङ
सुकुलढोकाको ऐतिहासिक इनारमा कार ठोक्किँदा इनार भत्कियो, मापसे गरेका चालक गम्भीर घाइते
जाकिबंजार परिवार भक्तपुरद्वारा आयोजित ईहिँ जगे कार्यक्रम सम्पन्न
भक्तपुरमा योमारी पुन्हीको अवसरमा योमारी प्रतियोगिता तथा प्रदर्शनी सम्पन्न
भक्तपुरमा मिस्टर एण्ड मिस मोडर्न २०८२ भव्यताका साथ सम्पन्न