लगातार दोस्रो जितसँगै अष्ट्रेलियालाई ओडीआई सिरिज

लगातार दोस्रो जितसँगै अष्ट्रेलियालाई ओडीआई सिरिज : Icon Khabar

काठमाडौँ, माघ २१ । वेस्ट इन्डिजलाई दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा ८३ रनले हराउँदै अष्ट्रेलियाले एक खेल बाँकी रहँदै ३ खेलको ओडीआई सिरिज जितेको छ ।

पहिलो ओडीआईमा ८ विकेटको जित निकालेको अष्ट्रेलियाले सिड्नीमा आइतबार सन एबोटको अलराउन्ड प्रदर्शनमा जित दर्ता गरेको हो । ब्याटिङतर्फ ६३ बलमा ६९ रनको योगदन दिएका एबोटले बलिङतर्फ पनि ३ विकेट हात पारेका थिए ।

अष्ट्रेलियाले प्रस्तुत गरेको २ सय ५९ रनको लक्ष्य पछ्याउने क्रममा वेस्ट इन्डिजले १ सय ७५ रन जोड्दै सबै विकेट गुमाएको थियो । ४४ ओभरमै अलआउट भएको वेस्ट इन्डिजका लागि केसी कार्टिले सर्वाधिक ४० रनको योगदान दिएका थिए ।

टस हारेर ब्याटिङको निम्तो पाएको अष्ट्रेलिया एक समय ९१-५ को स्थितिमा थियो । तर तल्लोक्रममा एबोटसँगै म्याथ्यु सर्ट (४१), आरोन हार्डी (२६) र विल सदरल्याण्ड (१८) ले राम्रो ब्याटिङ गरे । शीर्षक्रमका क्यामरन ग्रीनले ३३ र मार्नस लाबूसेनले २६ रन बनाएका थिए ।

अब सिरिज क्लिनस्विपको निर्णयका लागि मंगलबार क्यानबेरामा तेस्रो खेल हुनेछ । यसअघि टेस्ट सिरिज भने १-१ को बराबरीमा सकिएको थियो ।–एजेन्सी

Published Date: 04 February 2024


ताजा
विदेशी मुद्राको विनिमय : डलर, युरो र पाउन्डको भाउ कति?
देशभर मनसुनी वायुको प्रभाव: चार प्रदेशमा भारी वर्षाको सम्भावना
आज मंगलबारको राशिफल
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु