संसद्को तेस्रो अधिवेशन सोमबारदेखि सुरु हुँदै

संसद्को तेस्रो अधिवेशन सोमबारदेखि सुरु हुँदै : Icon Khabar

काठमाडौँ, माघ २१ । प्रतिनिधि सभा र राष्ट्रिय सभाको तेस्रो अधिवेशन सोमबारदेखि सुरु हुँदैछ । संवैधानिक व्यवस्थाअनुसार सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभाको पहिलो बैठक माघ २२ गते अपराह्न ४ बजेका लागि आह्वान गरेका हुन्।

सभामुख देवराज घिमिरेले सोमबारदेखि सञ्चालन हुने संसद् अधिवेशनको पूर्व तयारीकोमा जानकारी लिएका छन्। संघीय संसद् भवन नयाँ बानेश्वरको बैठक कक्षामा पुगेर पूर्व तयारीको बारेमा जानकारी लिनुएका हुन्।

यस हिउँदे अधिवेशन सञ्चालनका लागि गर्नुपर्ने प्राविधिक तथा भौतिक पूर्वाधार व्यवस्थापनको पूर्ण तयारी पूरा भएको संघीय संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 04 February 2024
Website | + posts