अपर तामाकोशी इड्रोपावरको लिलामीमा नपरेको शेयर रकम भोलिबाट फिर्ता हुने

अपर तामाकोशी इड्रोपावरको लिलामीमा नपरेको शेयर रकम भोलिबाट फिर्ता हुने : Icon Khabar

काठमाडौँ, माघ २१ । अपर तामाकोशी हाइड्रोपावरको हकप्रद शेयरको लिलामीमा नपरेको रकम भोलि सोमबारबाट लगानीकर्ताको खातामा जम्मा हुने भएको छ । अपरको हकप्रद शेयर लिलामीको प्रबन्धक नागरिक लगानी कोषका पुँजी बजार प्रमुख नारायण घिमिरेले भोलिबाट लिलामीमा नपरेको शेयरबापतकाे रकम फिर्ता गर्ने बताए ।

‘भोलिदेखि फिर्ता गर्ने प्रक्रिया शुरु भएर १–२ दिनमा सबैले रकम फिर्ता पाउँछ । लक्ष्मी सनराइज बैंकमा खाता हुनेले भोलि नै पाए पनि अन्य बैंकमा खाता हुनेले पनि १–२ दिनमै नपरेको रकम फिर्ता पाउनेछ ।’–उनले भने ।

उनका अनुसार अपर तामाकोशीको लिलामीमा १ सय ४७ रुपैयाँ मूल्य राखेकाले आंशिक शेयर पाएका छन् । लगानी कोषका अनुसार १ सय ४७ रुपैयाँ मूल्य राखेर आवेदन दिएकाले मागको ५५ प्रतिशत शेयर प्राप्त गरेका छन् भने १ सय ४७ रुपैयाँ भन्दा बढी मूल्य राखेर शेयर मूल्य राखेकाले माग गरे जति नै शेयर प्राप्त गरेका छन् ।

अपर तामाकोशीले १ बराबर १ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्दा नबिकेको १ करोेड ७० लाख १९ हजार ५ सय ३० कित्ता शेयर लिलामीमा राखेको थियो । लिलामीमा ३० हजार भन्दा बढी लगानीकर्ताले भाग लिएका थिए भने नगदै ७ अर्ब र चेकमार्फत ७ अर्ब गरेर करिब १४ अर्ब रुपैयाँ रकम जम्मा भएको थियो ।

कोषले १० अर्ब रुपैयाँ भन्दा बढी रकम लगानीकर्तालाई फर्काउनुपर्छ । लिलामी नपरेको रकमको करिब ७० प्रतिशत रकम पुनः दोस्रो बजारमा फर्किने र यसले बजारमा शेयरको माग बढ्ने अपेक्षा गरिएको छ ।

Published Date: 04 February 2024


ताजा
बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना
बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर
आज बिहीबारको राशिफल
मन्त्री र मुख्यसचिवसँग प्रधानमन्त्रीको कार्यसम्पादन सम्झौता


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली