अपर तामाकोशी इड्रोपावरको लिलामीमा नपरेको शेयर रकम भोलिबाट फिर्ता हुने

अपर तामाकोशी इड्रोपावरको लिलामीमा नपरेको शेयर रकम भोलिबाट फिर्ता हुने : Icon Khabar

काठमाडौँ, माघ २१ । अपर तामाकोशी हाइड्रोपावरको हकप्रद शेयरको लिलामीमा नपरेको रकम भोलि सोमबारबाट लगानीकर्ताको खातामा जम्मा हुने भएको छ । अपरको हकप्रद शेयर लिलामीको प्रबन्धक नागरिक लगानी कोषका पुँजी बजार प्रमुख नारायण घिमिरेले भोलिबाट लिलामीमा नपरेको शेयरबापतकाे रकम फिर्ता गर्ने बताए ।

‘भोलिदेखि फिर्ता गर्ने प्रक्रिया शुरु भएर १–२ दिनमा सबैले रकम फिर्ता पाउँछ । लक्ष्मी सनराइज बैंकमा खाता हुनेले भोलि नै पाए पनि अन्य बैंकमा खाता हुनेले पनि १–२ दिनमै नपरेको रकम फिर्ता पाउनेछ ।’–उनले भने ।

उनका अनुसार अपर तामाकोशीको लिलामीमा १ सय ४७ रुपैयाँ मूल्य राखेकाले आंशिक शेयर पाएका छन् । लगानी कोषका अनुसार १ सय ४७ रुपैयाँ मूल्य राखेर आवेदन दिएकाले मागको ५५ प्रतिशत शेयर प्राप्त गरेका छन् भने १ सय ४७ रुपैयाँ भन्दा बढी मूल्य राखेर शेयर मूल्य राखेकाले माग गरे जति नै शेयर प्राप्त गरेका छन् ।

अपर तामाकोशीले १ बराबर १ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्दा नबिकेको १ करोेड ७० लाख १९ हजार ५ सय ३० कित्ता शेयर लिलामीमा राखेको थियो । लिलामीमा ३० हजार भन्दा बढी लगानीकर्ताले भाग लिएका थिए भने नगदै ७ अर्ब र चेकमार्फत ७ अर्ब गरेर करिब १४ अर्ब रुपैयाँ रकम जम्मा भएको थियो ।

कोषले १० अर्ब रुपैयाँ भन्दा बढी रकम लगानीकर्तालाई फर्काउनुपर्छ । लिलामी नपरेको रकमको करिब ७० प्रतिशत रकम पुनः दोस्रो बजारमा फर्किने र यसले बजारमा शेयरको माग बढ्ने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 04 February 2024
Website | + posts




ताजा
नगरकोटका गैरी खेत सुनौलो रङमा, पाकेका धान र फुलिएका तोरीले सजिएको गाउँ (फोटो फिचर )
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरको सुवर्णेश्वरबाट देखिएको तिहारको उज्यालोमा झकिझकायो काठमाडौं उपत्यका
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने