गण्डकी प्रदेशमा २५ वर्ष पुराना निजी सवारीसाधन हटाउने तयारी

गण्डकी प्रदेशमा २५ वर्ष पुराना निजी सवारीसाधन हटाउने तयारी : Icon Khabar

गण्डकी, माघ २० । गण्डकी प्रदेश सरकारले २५ वर्ष पुराना निजी सवारीसाधन सडकबाट हटाउने तयारी गरेको छ ।

निजी सवारीसाधनका लागि मुलुकमा पहिलोपटक यस्तो व्यवस्था गरिएको हो । हालसम्म संघीय कानूनले व्यवस्था गरेबमोजिम सार्वजनिक यातायातका सवारी साधनमा पनि यस्तै व्यवस्था लागू हुने गरेको छ ।

गण्डकी प्रदेशको सवारी तथा यातायात नियमावली, २०८० गत बिहीबार प्रदेश राजपत्रमा प्रकाशित भएपछि गण्डकी प्रदेशमा नयाँ व्यवस्था लागू भएको हो ।

भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयका प्रवक्ता टीकाराम पौडेलले नेपालमा पहिलो पटक निजी सवारी साधनको उमेर २५ वर्ष तोकेको बताए । २० वर्षपछि सार्वजनिक सवारीसाधन खारेज गर्ने व्यवस्था छ ।

ई-सार्वजनिक सवारी साधनहरूको लागि सीमा तीस वर्षको लागि हो। सार्वजनिक र अन्य सवारी साधनलाई विद्युतीय सवारी साधनमा परिणत गर्न मन्त्रालयले आवश्यक मापदण्ड बनाएर जारी गर्न सक्ने नियमावलीमा उल्लेख छ ।

प्रवक्ता पौडेलले राइड सेयरिङ एप मार्फत प्रदान गरिने यातायात सेवालाई नियमन र वैधानिकीकरण गर्न पनि ऐनले कानुनी आधार दिएको बताए । यात्रुको बीमा सहित आवश्यक प्रक्रिया पूरा गरी तोकिएको भाडादरमा राइड सेयरिङ एप प्रयोग गरी यातायात सेवा उपलब्ध गराउन सकिनेछ ।

नियमावलीले मिटर प्रणालीमा नचल्ने ट्याक्सीको जरिवाना पनि बढाएको छ । अबदेखि जरिवानाको न्यूनतम दर अहिलेको २ हजार १ सयबाट बढाएर १० हजार रुपैयाँ पु¥याउने भएको छ । यसबाहेक, अधिकतम जरिवाना रूपमा सडक अनुमति लाइसेन्स छ महिनाका लागि निलम्बन गर्न सकिन्छ।

पोखरामा मात्रै २ हजार ५ सयसहित गण्डकी प्रदेशमा करिब ३ हजार ५ सय ट्याक्सी सञ्चालनमा छन् ।

Published Date: 04 February 2024




ताजा
भक्तपुरमा ‘हेरिटेज मार्केट–कल्चरल किचेन’ मेला सुरु
सिथि नखःको अवसरमा लोकेश्वर साकोसद्वारा कालदह सरसफाइ
स्काउट दिवस २०८३ को अवसरमा मनोरम स्काउट ट्रुपद्वारा सचेतनामूलक र्‍याली सम्पन्न
प्रकृतिसँग रमाउँदै सिकाइमा सहभागी बने बालबालिका : क्युरिकोट मड फेस्टिभल २०८३ सम्पन्न


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न