आइतबार सुनको भाउ प्रतितोला ६०० रुपैयाँले घट्यो

आइतबार सुनको भाउ प्रतितोला ६०० रुपैयाँले घट्यो : Icon Khabar

काठमाडौं, माघ २१ । लगातार ५ दिन बढेको सुनको भाउ आज भने घटेको छ ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला ६०० रुपैयाँले घटेर १ लाख १८ हजार ९०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख १८ हजार ३५० रुपैयाँ निर्धारण भएको छ ।

यसअघि सोमबार, मंगलबार, बुधबार, बिहीबार र शुक्रबार सुनको भाउ क्रमशः ३००–३००–१००–५०० र ३०० रुपैयाँले बढेको थियो । यसअघि, शुक्रबार छापावाल सुन १ लाख १९ हजार ५०० रुपैयाँ कायम भएको थियो ।

यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख १८ हजार ९५० रुपैयाँ निर्धारण भएको थियो । आइतबार चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले घटेर तोलाको १३ सय ९५ रुपैयाँ कायम भएको छ ।

शुक्रबार चाँदीको भाउ प्रतितोला १४ सय ५ रुपैयाँ कायम रहेको थियो । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २ हजार ३९.६५ डलरमा र चाँदी प्रतिऔंस २२.६९ डलरमा कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 04 February 2024
Website | + posts
ताजा
भक्तपुरमा आजदेखि ‘अष्ट्रेलिया र न्यूजिल्यान्ड स्टडी अब्रोड एक्स्पो २०२५’ सुरु
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
Argus Education Bhaktapur को ३ दिने एक्सपोमा सहभागी हुँदा IELTS र PTE कक्षाहरु निशुल्क
रोपाइँ सकिएसँगै भक्तपुरमा हरियालीको मनमोहक दृश्य


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू