चिलीको डढेलोका कारण कम्तीमा ५१ जनाको मृत्यु

चिलीको डढेलोका कारण कम्तीमा ५१ जनाको मृत्यु : Icon Khabar

चिली, माघ २१ । मध्य चिलीको जंगलमा लागेको डढेलोका कारण कम्तीमा ५१ जनाको ज्यान लिइसकेको छ । सो घटनामा परी मृत्यु हुनेको संख्या अझै बढ्दै जाने सम्भावना देखिएको छ ।

चिलीका अधिकारीहरूका अनुसार आपतकालीन सेवाहरूले शहरी क्षेत्रतर्फ जान सक्ने आगो निभाउन संघर्ष गरिरहेको छ । ‘मध्य चिलीमा करिब १० लाख बासिन्दा रहेको भल्पराइसो क्षेत्रका धेरै भागहरूमा कालो धुवाँ आकाशमा उडिरहेको छ जबकि अग्नि नियन्त्रकहरूले हेलिकप्टर र ट्रकहरू प्रयोग गरेर आगो निभाउन संघर्ष गरिरहेका छन,’ स्थानीय स्मिथले भने ।

तटीय पर्यटक सहर भिना डेल मार वरपरका क्षेत्रहरू सबैभन्दा बढी प्रभावित भएका छन् र उद्धार टोलीहरू सबै प्रभावित क्षेत्रहरूमा पुग्न संघर्ष गरिरहेको चिलीका अधिकारीहरूले जनाएका छन् । भाल्पराइसोको अवस्था सबैभन्दा नाजुक छ किनभने २०१० को भूकम्पपछिको सबैभन्दा खराब विपत्तीको सामना गरिरहेको छ, जुन भुकम्पमा करिब ५०० जनाको मृत्यु भएको थियो ।

Published Date: 04 February 2024




ताजा
भक्तपुरमा ‘हेरिटेज मार्केट–कल्चरल किचेन’ मेला सुरु
सिथि नखःको अवसरमा लोकेश्वर साकोसद्वारा कालदह सरसफाइ
स्काउट दिवस २०८३ को अवसरमा मनोरम स्काउट ट्रुपद्वारा सचेतनामूलक र्‍याली सम्पन्न
प्रकृतिसँग रमाउँदै सिकाइमा सहभागी बने बालबालिका : क्युरिकोट मड फेस्टिभल २०८३ सम्पन्न


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न