भक्तपुर नगरपालिका वडा नं ४ मा रहेका सहकारी संस्थाको अनुगमन

पुसभित्र साधारणसभा नगरेको देखि पाइयो केही महिनादेखि कार्यालय बन्द

भक्तपुर नगरपालिका वडा नं ४ मा रहेका सहकारी संस्थाको अनुगमन : Icon Khabar

भक्तपुर, माघ १७ । भक्तपुर नगरपालिका सहकारी अनुगमन समितिको आयोजनामा भक्तपुर नगरपालिका वडा नं. ४ मा रहेका बचत तथा ऋण सहकारी संस्थाहरुको अनुगमन गरेको छ।

अनुगमनका क्रममा सहकारी अनुगमन समितिका संयोजक हरिप्रसाद बासुकलाले पुसभित्र साधारणसभा नगरेको, सदस्यहरुलाई बचत फिर्ता गर्न नसकेको, विना धितो ऋण प्रदान गरेको, व्यवस्थापकले जथाभावी ऋण प्रदान गरेको बताए।

त्यसैगरी नियमित सञ्चालक समितिको बैठक नबसेको, कार्यक्षेत्रभन्दा बाहिरका व्यक्तिहरुसँग कारोबार गरेको, सदस्यहरुलाई सहकारी सम्बन्धी जानकारी दिने गरी कुनै गतिविधि नगरेको, केही महिनादेखि कार्यालय खोल्न नसकेकोलगायतका समस्या पाइएको बताए।

Published Date: 31 January 2024


ताजा
खुर्कोट-भकुन्डेबेसी सडकखण्डमा साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सवारीसाधन चलाउन रोक
सरकारद्वारा पेट्रोलियम पदार्थको मूल्य घटाउन सकिने अवस्था नरहेको स्पष्ट
सरकारको सिफारिसमा राष्ट्रपतिद्वारा ८ वटै अध्यादेश जारी
अहिले दिउँसो ३ बजे मन्त्रिपरिषद् बैठक बस्दै










ट्रेन्डिङ
टौमढि परिसरमा पटाका पड्काउने व्यक्तिको खोजीमा भक्तपुर प्रहरी, फोटो–भिडियो उपलब्ध गराउन आग्रह,
रथ तान्दा अराजकता: बिस्का: जात्रामा सम्पदा र जनसुरक्षा जोखिममा
समयसँग जुध्दै, सपनालाई आकार दिँदै: मनोरम बोर्डिङ्ग स्कुलको प्रेरणादायी यात्रा
मन्टेसरी एजुकेशन स्कूलको नवौं वार्षिकोत्सव तथा दीक्षान्त समारोह सम्पन्न