भक्तपुर नगरपालिका वडा नं ४ मा रहेका सहकारी संस्थाको अनुगमन

पुसभित्र साधारणसभा नगरेको देखि पाइयो केही महिनादेखि कार्यालय बन्द

भक्तपुर नगरपालिका वडा नं ४ मा रहेका सहकारी संस्थाको अनुगमन : Icon Khabar

भक्तपुर, माघ १७ । भक्तपुर नगरपालिका सहकारी अनुगमन समितिको आयोजनामा भक्तपुर नगरपालिका वडा नं. ४ मा रहेका बचत तथा ऋण सहकारी संस्थाहरुको अनुगमन गरेको छ।

अनुगमनका क्रममा सहकारी अनुगमन समितिका संयोजक हरिप्रसाद बासुकलाले पुसभित्र साधारणसभा नगरेको, सदस्यहरुलाई बचत फिर्ता गर्न नसकेको, विना धितो ऋण प्रदान गरेको, व्यवस्थापकले जथाभावी ऋण प्रदान गरेको बताए।

त्यसैगरी नियमित सञ्चालक समितिको बैठक नबसेको, कार्यक्षेत्रभन्दा बाहिरका व्यक्तिहरुसँग कारोबार गरेको, सदस्यहरुलाई सहकारी सम्बन्धी जानकारी दिने गरी कुनै गतिविधि नगरेको, केही महिनादेखि कार्यालय खोल्न नसकेकोलगायतका समस्या पाइएको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 31 January 2024
Website | + posts