माघ २२ गते सोमबार देशभरका चलचित्र भवन बन्द गरिने

माघ २२ गते सोमबार देशभरका चलचित्र भवन बन्द गरिने : Icon Khabar

काठमाडौँ, माघ १७ । चलचित्र प्रदर्शक तथा वितरकको छाता संस्था नेपाल चलचित्र संघले चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा आगामी माघ २२ गते सोमबार देशभरका चलचित्र भवन बन्द गर्ने भएको छ ।

संघका महासचिव नरेन्द्र महर्जनले मूल्य अभिवृद्धि बाहेकका अन्य अव्यवहारिक कर खारेजीको माग गर्दै आन्दोलनस्वरूप उक्त एक दिन नेपालभर कुनै पनि चलचित्र भवन सञ्चालन नगर्ने निर्णय गरिएको बताए ।

उनले देशभर एक सय ५० चलचित्र भवन मात्र सञ्चालनमा रहेको बताउँदै यो संख्या अझै घट्दो रहेको जानकारी दिए । थपिएको करले व्यवसाय सञ्चालन गर्न गाह्रो भएको चलचित्र व्यवसायीको गुनासो छ ।

अहिले नेपाली चलचित्र प्रदर्शन भएबापत स्थानीय मनोरञ्जन कर बापत पाँच प्रतिशत, मूल्य अभिवृद्धि करबापत १३ प्रतिशत गरी १८ प्रतिशत कर तिर्नुपर्ने हुन्छ । विदेशी चलचित्र प्रदर्शन भएबापत यसमा १५ प्रतिशत चलचित्र विकास शुल्क थपिएर ३३ प्रतिशत कर बुझाउनुपर्ने प्रावधान छ ।

Published Date: 31 January 2024


ताजा
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
साताको पहिलो कारोबारमा नेप्से सामान्य ओरालो, कारोबार रकममा उल्लेख्य वृद्धि
सोमवारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मनसुनी वायुको प्रभाव: बागमती, गण्डकी र लुम्बिनीमा धेरै भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु
भक्तपुरले गर्ने ‘भक्तपुर कोरा’ किन बन्यो देशकै विशेष साइकल उत्सव ?