डीपीआर आतङ्कबाट मुलुकलाई बाहिर निकाल्न आवश्यक छः रवि लामिछाने

डीपीआर आतङ्कबाट मुलुकलाई बाहिर निकाल्न आवश्यक छः रवि लामिछाने : Icon Khabar

काठमाडौं, माघ १७ ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले ‘डीपीआर आतङ्क’बाट मुलुकलाई बाहिर निकाल्न आवश्यक रहेको बताएका छन् ।

बुधबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा भएको अनुगमन तथा मूल्याङ्कन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि छलफलमा बोल्दै सभापति लामिछानेले यस्तो बताएका हुन् ।

राष्ट्रिय गौरवको आयोजनामासमेत कपि पेस्ट भएको भन्दै उनले डीपीआर आतङ्कबाट बाहिर निस्केर साँच्चैको अनुगमन र निर्माणको काममा प्रवेश गर्न आवश्यक रहेको बताए । उनले भने, ‘समय र लागतमात्र नभएर गुणस्तर हेर्ने हामीले कहिले हो? डीपीआर (विस्तृत परियोजना प्रतिवेदन) बनाउने भनेपछि त्यसमा त पैसा निस्कन्छ । यो डीपीआर आतङ्कबाट मुलुकलाई बाहिर निकाल्नपर्यो । कस्ता कस्ता राष्ट्रिय गौरवको आयोजनामा कपि पेस्ट भएको सुनेका छौं । डीपीआर आतङ्कबाट बाहिर निस्केर साच्चै अनुगमन र निर्माणको काममा कहिले प्रवेश गछौं ?’

अनुगमन गर्ने प्रभावकारिता, त्यसमा प्राविधिक पक्ष र त्यसले औँल्याएका विषयहरुमा दण्ड र पुरस्कृत गर्न सक्ने व्यवस्था गर्नुपर्ने उनको भनाई छ ।

सभापति लामिछानेले अनुगमनकर्ताको मापदण्ड केके हो र देखिएको त्रुटि सच्याउने उपाय के हो त्यसको खोजी गर्नुपर्ने बताए । उनले भने, ‘अनुगमन गर्ने, त्यसमा प्राविधिक पक्ष र त्यसले औँल्याएका विषयहरुमा दण्ड र पुरस्कृत गर्न सक्ने व्यवस्था गर्न सक्ने क्षमता हुने छ कि छैन, यो महत्वपूर्ण कुरा हो । अनुरोध गर्न चाहन्छु, अनुगमन कसले गर्ने, अनुगमनकर्ताको मापदण्ड केके हो ? देखिएको त्रुटि सच्याउने उपाय के होः यो महत्वपूर्ण छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 31 January 2024
Website | + posts




ताजा
सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी
अबिरल वर्षाका कारण नेपालका मुख्य सडक र पुलमा मात्रै ७ अर्ब ९१ करोड रुपैयाँ बराबरको क्षति
बिहीबार नेप्से परिसूचक २२.५९ अंकले बढ्यो
माइतीघरमा प्रदर्शन गर्न खोजेको आरोपमा पक्राउ पर्नेको संख्या १४ पुग्यो


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?