डीपीआर आतङ्कबाट मुलुकलाई बाहिर निकाल्न आवश्यक छः रवि लामिछाने

डीपीआर आतङ्कबाट मुलुकलाई बाहिर निकाल्न आवश्यक छः रवि लामिछाने : Icon Khabar

काठमाडौं, माघ १७ ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले ‘डीपीआर आतङ्क’बाट मुलुकलाई बाहिर निकाल्न आवश्यक रहेको बताएका छन् ।

बुधबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा भएको अनुगमन तथा मूल्याङ्कन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि छलफलमा बोल्दै सभापति लामिछानेले यस्तो बताएका हुन् ।

राष्ट्रिय गौरवको आयोजनामासमेत कपि पेस्ट भएको भन्दै उनले डीपीआर आतङ्कबाट बाहिर निस्केर साँच्चैको अनुगमन र निर्माणको काममा प्रवेश गर्न आवश्यक रहेको बताए । उनले भने, ‘समय र लागतमात्र नभएर गुणस्तर हेर्ने हामीले कहिले हो? डीपीआर (विस्तृत परियोजना प्रतिवेदन) बनाउने भनेपछि त्यसमा त पैसा निस्कन्छ । यो डीपीआर आतङ्कबाट मुलुकलाई बाहिर निकाल्नपर्यो । कस्ता कस्ता राष्ट्रिय गौरवको आयोजनामा कपि पेस्ट भएको सुनेका छौं । डीपीआर आतङ्कबाट बाहिर निस्केर साच्चै अनुगमन र निर्माणको काममा कहिले प्रवेश गछौं ?’

अनुगमन गर्ने प्रभावकारिता, त्यसमा प्राविधिक पक्ष र त्यसले औँल्याएका विषयहरुमा दण्ड र पुरस्कृत गर्न सक्ने व्यवस्था गर्नुपर्ने उनको भनाई छ ।

सभापति लामिछानेले अनुगमनकर्ताको मापदण्ड केके हो र देखिएको त्रुटि सच्याउने उपाय के हो त्यसको खोजी गर्नुपर्ने बताए । उनले भने, ‘अनुगमन गर्ने, त्यसमा प्राविधिक पक्ष र त्यसले औँल्याएका विषयहरुमा दण्ड र पुरस्कृत गर्न सक्ने व्यवस्था गर्न सक्ने क्षमता हुने छ कि छैन, यो महत्वपूर्ण कुरा हो । अनुरोध गर्न चाहन्छु, अनुगमन कसले गर्ने, अनुगमनकर्ताको मापदण्ड केके हो ? देखिएको त्रुटि सच्याउने उपाय के होः यो महत्वपूर्ण छ ।’

Published Date: 31 January 2024


ताजा
विदेशी मुद्राको विनिमय दर: डलर, युरो र पाउन्डको मूल्य कति?
पश्चिमी र मनसुनी वायुको प्रभाव: पहाडी तथा हिमाली भेगमा वर्षा र हिमपातको सम्भावना
आज सोमबारको राशिफल
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै