अवैध क्रिप्टोमार्फत अनलाइन खेल खेलाएको आरोपमा सात जना पक्राउ

अवैध क्रिप्टोमार्फत अनलाइन खेल खेलाएको आरोपमा सात जना पक्राउ : Icon Khabar

काठमाडौं, माघ १६ । प्रहरीले अवैध क्रिप्टोमार्फत अनलाइन खेल खेलाएको आरोपमा सात जना पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सिराहा जिल्लाका २४ वर्षीय मिथलेश कुमार मण्डल,मुरारी साह,आर्यन साह,अनिश कुमार रौनियार, २६ बर्षका रोशन चौधरी जैसवाल, २३ बर्षका शिवमकुमार यादव,२४ बर्षका हरिशंकर चौधरी रहेका छन् ।

उनीहरुबाट बिभिन्न ब्राण्डका मोबाइलहरु १६ थान र चार थान ल्यापटपहरु बरामद भएको छ ।

उनीहरुलाई काठमाडौंका विभिन्न स्थानबाट अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेर मंगलबार सार्वजनिक गरेको हो । विदेशी नागरिकको फेसबुक प्रयोग गरेर गेमहरु खेलाउने गरेको कार्यालयका डीएसपी निर्मल थापाले बताए ।

उनीहरुलाई नयाँ बानेश्वर सुविधानगर, कोटेश्वर, जडिबुटीलगायत काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरी आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिई सोधपुछ भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 30 January 2024
Website | + posts
ताजा
एनपीएल फाइनल : रोहित, शेर र ट्रम्पलम्यानको ३-३ विकेट, सुदूरपश्चिम ८५ रनमा अलआउट
भक्तपुरको त्रिशुलडाँडाबाट देखिएको मनमोहक हिमशृङ्खला ( फोटो फिचर )
काठमाडौं उपत्यकामा चिसो क्रमिक रूपमा बढ्दै
त्रिभुवन विश्वविद्यालयको ५१ औं दीक्षान्त समारोह आगामी पुस १० गते दशरथ रंगशालामा हुने


ट्रेन्डिङ
सुकुलढोकाको ऐतिहासिक इनारमा कार ठोक्किँदा इनार भत्कियो, मापसे गरेका चालक गम्भीर घाइते
जाकिबंजार परिवार भक्तपुरद्वारा आयोजित ईहिँ जगे कार्यक्रम सम्पन्न
भक्तपुरमा योमारी पुन्हीको अवसरमा योमारी प्रतियोगिता तथा प्रदर्शनी सम्पन्न
भक्तपुरमा मिस्टर एण्ड मिस मोडर्न २०८२ भव्यताका साथ सम्पन्न