चर्च ब्वाइज आहा राराको सेमिफाइनलमा

चर्च ब्वाइज आहा राराको सेमिफाइनलमा : Icon Khabar

पोखरा, माघ १६ । चर्च ब्वाइज युनाइटेड क्लब आहा!रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । पोखरा रंगशालामा समिर तामाङको गोलमा नेपाल पुलिस क्लबलाई मंगलबार १-० ले हराउँदै ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज अन्तिम चारमा पुगेको हो।

७३ औं मिनेटमा पुलिसका गोलकिपर शत्रुघन चौधरी र डिफेण्डर दिपेन्द्र विकबीच तालमेल नमिल्दा समिरले त्यसको फाइदा उठाउँदै गोल गरेका थिए। त्यहि गोल खेलको निर्णायक बन्यो।

गत वर्ष पनि सर्वाधिक ६ पटकको च्याम्पियनसिप पुलिस क्वाटरफाइनलमा चर्च ब्वाइजसँग २-१ ले पराजित भएको थियो। यसअघि थ्री स्टार क्लब, त्रिभुवन आर्मी क्लब र जावलाखेल युथ क्लब सेमिफाइनल पुगिसकेका छन् । चर्च ब्वाइजले माघ १८ गते आर्मीसँग सेमिफाइनल खेल्ने छ ।

पहिलो सेमिफाइनलमा बुधबार थ्री स्टार क्लब र जावलाखेलबीच हुनेछ । सहारा क्लब पोखराको आयोजना जारी प्रतियोगिताको विजेताले १२ लाख १ हजार र दोस्रो हुने टोलीले ६ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ ।

Published Date: 30 January 2024


ताजा
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
शुक्रबार बिहान ५–६ बजे प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने
चीनका शहरमा सेलिब्रिटी होइन, वैज्ञानिकका तस्वीर; नेपालमा पनि यस्तो अभियान सुरु गर्ने हो कि?
कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा भारी वर्षाको जोखिम


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग