चर्च ब्वाइज आहा राराको सेमिफाइनलमा

चर्च ब्वाइज आहा राराको सेमिफाइनलमा : Icon Khabar

पोखरा, माघ १६ । चर्च ब्वाइज युनाइटेड क्लब आहा!रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । पोखरा रंगशालामा समिर तामाङको गोलमा नेपाल पुलिस क्लबलाई मंगलबार १-० ले हराउँदै ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज अन्तिम चारमा पुगेको हो।

७३ औं मिनेटमा पुलिसका गोलकिपर शत्रुघन चौधरी र डिफेण्डर दिपेन्द्र विकबीच तालमेल नमिल्दा समिरले त्यसको फाइदा उठाउँदै गोल गरेका थिए। त्यहि गोल खेलको निर्णायक बन्यो।

गत वर्ष पनि सर्वाधिक ६ पटकको च्याम्पियनसिप पुलिस क्वाटरफाइनलमा चर्च ब्वाइजसँग २-१ ले पराजित भएको थियो। यसअघि थ्री स्टार क्लब, त्रिभुवन आर्मी क्लब र जावलाखेल युथ क्लब सेमिफाइनल पुगिसकेका छन् । चर्च ब्वाइजले माघ १८ गते आर्मीसँग सेमिफाइनल खेल्ने छ ।

पहिलो सेमिफाइनलमा बुधबार थ्री स्टार क्लब र जावलाखेलबीच हुनेछ । सहारा क्लब पोखराको आयोजना जारी प्रतियोगिताको विजेताले १२ लाख १ हजार र दोस्रो हुने टोलीले ६ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 30 January 2024
Website | + posts
ताजा
एनपीएल फाइनल : रोहित, शेर र ट्रम्पलम्यानको ३-३ विकेट, सुदूरपश्चिम ८५ रनमा अलआउट
भक्तपुरको त्रिशुलडाँडाबाट देखिएको मनमोहक हिमशृङ्खला ( फोटो फिचर )
काठमाडौं उपत्यकामा चिसो क्रमिक रूपमा बढ्दै
त्रिभुवन विश्वविद्यालयको ५१ औं दीक्षान्त समारोह आगामी पुस १० गते दशरथ रंगशालामा हुने


ट्रेन्डिङ
सुकुलढोकाको ऐतिहासिक इनारमा कार ठोक्किँदा इनार भत्कियो, मापसे गरेका चालक गम्भीर घाइते
जाकिबंजार परिवार भक्तपुरद्वारा आयोजित ईहिँ जगे कार्यक्रम सम्पन्न
भक्तपुरमा योमारी पुन्हीको अवसरमा योमारी प्रतियोगिता तथा प्रदर्शनी सम्पन्न
भक्तपुरमा मिस्टर एण्ड मिस मोडर्न २०८२ भव्यताका साथ सम्पन्न