यु–१९ विश्वकप अघि खेलिएको अभ्यास खेलमा नेपाल विजयी

यु–१९ विश्वकप अघि खेलिएको अभ्यास खेलमा नेपाल विजयी : Icon Khabar

काठमाडौँ, पुस २९ । यु–१९ विश्वकप अघि खेलिएको अभ्यास खेलमा नेपाल विजयी भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को आयोजनामा शनिबार अबेर सम्पन्न खेलमा नेपालले स्कटल्यान्डलाई डकवर्थ लेविस पद्धतिको आधारमा सात विकेटले हरायो ।

विश्वकप खेल्न दक्षिण अफ्रिका पुगेकोे नेपाली युवा टोलीको अब मंगलबार वेस्टइन्डिजसँग अर्को खेल खेल्नेछ । जितको लागि एक सय १५ रनको लक्ष्य पछ्याएको नेपालले २९.१ ओभरमा तीन विकेटको क्षतिमा ९९ रन बनाउँदा वर्षाको कारण खेल रोकिएको थियो । नेपालका अर्जुन कुमाल ३३ र आकाश त्रिपाठीले २९ रन बनाए।

यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको स्कटल्यान्डले ४४.४ ओभरमा सबै विकेटको क्षतिमा एक सय १४ रन बनाएको थियो । स्कटल्यान्डलाई सस्तैमा समेट्न नेपालका गुलशन झा र तिलक भण्डारीले तीन तीन विकेट विकेट लिएका थिए । नेपालले दक्षिण अफ्रिकामा यसअघि खेलेको दुई अभ्यास खेलमा पनि जित निकालेको थियो । नेपालले स्कटल्यान्डलाई एक सय ३५ र नामिबियालाई ६ रनले हराएको थियो ।

यु–१९ विश्वकप दक्षिण अफ्रिकामा जनवरी १९ देखि फेब्रुअरी ११ तारिखसम्म हुँदैछ । विश्वकपमा नेपाल समूह ‘डी’ रहेको छ । नेपालको समूहमा न्यूजिल्यान्ड, पाकिस्तान र अफगानिस्तान रहेका छन् ।

Published Date: 14 January 2024


ताजा
सुनको मूल्यमा नयाँ उछाल, प्रतितोला ४ हजार ८०० रुपैयाँले बढ्यो
आदिवासी जनजातिहरूको विशिष्ट पहिचान र संस्कृति नेपालको राष्ट्रिय गौरव हो : राष्ट्रपति पौडेल
ग्यासमा कृत्रिम अभाव र कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी परिचालन
आज आइतबारको राशिफल


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु