यु–१९ विश्वकप अघि खेलिएको अभ्यास खेलमा नेपाल विजयी

यु–१९ विश्वकप अघि खेलिएको अभ्यास खेलमा नेपाल विजयी : Icon Khabar

काठमाडौँ, पुस २९ । यु–१९ विश्वकप अघि खेलिएको अभ्यास खेलमा नेपाल विजयी भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को आयोजनामा शनिबार अबेर सम्पन्न खेलमा नेपालले स्कटल्यान्डलाई डकवर्थ लेविस पद्धतिको आधारमा सात विकेटले हरायो ।

विश्वकप खेल्न दक्षिण अफ्रिका पुगेकोे नेपाली युवा टोलीको अब मंगलबार वेस्टइन्डिजसँग अर्को खेल खेल्नेछ । जितको लागि एक सय १५ रनको लक्ष्य पछ्याएको नेपालले २९.१ ओभरमा तीन विकेटको क्षतिमा ९९ रन बनाउँदा वर्षाको कारण खेल रोकिएको थियो । नेपालका अर्जुन कुमाल ३३ र आकाश त्रिपाठीले २९ रन बनाए।

यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको स्कटल्यान्डले ४४.४ ओभरमा सबै विकेटको क्षतिमा एक सय १४ रन बनाएको थियो । स्कटल्यान्डलाई सस्तैमा समेट्न नेपालका गुलशन झा र तिलक भण्डारीले तीन तीन विकेट विकेट लिएका थिए । नेपालले दक्षिण अफ्रिकामा यसअघि खेलेको दुई अभ्यास खेलमा पनि जित निकालेको थियो । नेपालले स्कटल्यान्डलाई एक सय ३५ र नामिबियालाई ६ रनले हराएको थियो ।

यु–१९ विश्वकप दक्षिण अफ्रिकामा जनवरी १९ देखि फेब्रुअरी ११ तारिखसम्म हुँदैछ । विश्वकपमा नेपाल समूह ‘डी’ रहेको छ । नेपालको समूहमा न्यूजिल्यान्ड, पाकिस्तान र अफगानिस्तान रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 14 January 2024
Website | + posts




ताजा
पोखराबाट देखिएको मनमोहक माछापुच्छ्रे र अन्नपूर्ण हिमशृङ्खला ( फोटो फिचर )
निर्वाचनको वातावरण बनिसकेको छ : सञ्चार मन्त्री खरेल
निर्वाचनका निम्ति हरसम्भव सहयोग गर्ने चीनको प्रतिबद्धता
आज सबै जिल्लामा विरोध प्रदर्शन गर्दै एमाले, केन्द्रीय नेताहरूले सम्बोधन गर्ने


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)
भक्तपुरको सुवर्णेश्वरबाट देखिएको तिहारको उज्यालोमा झकिझकायो काठमाडौं उपत्यका
नगरकोटका गैरी खेत सुनौलो रङमा, पाकेका धान र फुलिएका तोरीले सजिएको गाउँ (फोटो फिचर )